उखुखेती गरी गुड उत्पादन गर्ने तयारीमा काली नदी किनारका स्थानीय

Image

डडेल्धुरा । काली नदी किनारका स्थानीय उखु खेती गरी गुड उत्पादन गर्ने तयारीमा जुटेका छन । भित्रिमधेशको परशुराम नगरपालिका ६, बंड, चन्दनी, तातापानीका किसान अरु खेती भन्दा उखु खेती तर्फ अकर्षित भएका छन । नदी किनारको बलौटे माटोमा उखु खेती गर्न सकिने भएकाले किसान आकर्षित भएको अगुवा किसान मिना साउदले बताईन ।

यस अघि मुख्यबाली गहु, धान, तोरीसंगै तरकारी खेती गर्दै आईरहेका यहाँका किसानले उत्पादन गरेको तरकारी बिक्रि नै भएन । चुरे पहाडको फेद र काली नदी किनारका यी वस्तिमा खहरे खोलाले वर्षायाममा सडक बाटो अवरुद्ध हुने गरेको छ । यहाँका किसानले उत्पादन गरेको तरकारी नगरपालिकाको मुकाम लालढुंगा बजारसम्म पुगाउन नसक्दा त्यसै खेर गएको उनले बताईन ।

प्लाष्टिकका टर्नेल बनाई टमाटर खेती गरेका किसानहरुको टमाटर नै बिक्रि भएन । बिक्रि नभएपछि सबैले टमाटर सुकाएका थिए । टमाटरले बजार नपाएपछि यस वर्ष देखि उखु खेती गर्ने योजना बनाएका उनले बताईन । उखुबाट गुड बनाई दुई वर्षसम्म राख्दा पनि खेर नजाने भएकाले उखुखेती गर्ने तयारीमा जुटेको उनको भनाई छ ।

उखुखेतीका लागि रुडुक डडेल्धुराले सहयोग गरिरहेको छ । रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदका अनुसार अक्सफामको सहयोगमा संचालित ट्रोसा परियोजना अन्तरगत तातापानीका किसानलाई उखु पेल्न बिजुलीबाट चल्ने एउटा मेसिन अनुदानमा दिईदै छ । यस कारण पनि बंड, चन्दनी र तातापानीका किसान कम्तिमा पनि २० रोपनीमा उखुखेती गर्न तयार भएका छन ।

स्वास्थ्यकर्मीका अनुसार गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई बढी स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । नियमित गुड खाँदा महिलामा कमजोरी, आइरनको कमी र हार्माेनल असन्तुलन जस्ता समस्याहरू निको हुन्छन् । गुड आइरनको राम्रो स्रोत हो, त्यसैले यसको सेवनले महिलाको महिनावारीको समयमा हुने रगतको कमीलाई पूर्ति गर्न मद्दत गर्छ ।

महिलाहरूले नियमित गुडलाई आहारमा समावेश गरेमा हड्डी बलियो हुन्छ । गुडमा पाइने क्याल्सियम र फस्फोरसले हड्डी बलियो बनाउन मद्दत गर्छ । हरेक दिन खाना खाएपछि गुडको सानो टुक्रा खाँदा फाइदा हुन्छ ।

गुडमा एन्टिअक्सिडेन्ट र जिंक प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुडले रगतमा हेमोग्लोबिन बढाउँछ । जसका कारण गुडको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुड खाँदा शरीरमा संक्रमणको जोखिम कम हुन्छ ।

महिलाहरूले नियमित रूपमा गुडको सेवन गरेमा महिनावारीको समयमा दुखाइ, क्र्याम्प र कम रक्तस्राव जस्ता समस्याहरू हटाउन मद्दत गर्छ । गुडले मुड सुधार्ने पनि काम गर्छ ।

दैनिक गुड खाँदा पाचन क्रियामा सुधार हुन्छ । एक टुक्रा गुड खाएपछि खाना सजिलै पच्छ । गुडले पेटमा दिसा जम्मा हुन दिँदैन, जसका कारण पेटमा कब्जियत हुँदैन । यसको नियमित सेवनले आन्द्राको चालमा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

गुडको सेवनले महिलालाई हार्माेनल असन्तुलन कम गर्न मद्दत गर्छ । थाइराइड र पीसीओएस जस्ता रोगबाट पीडित महिलाहरूले यसलाई सजिलै सेवन गर्न सक्छन् । महिलामा रक्तअल्पताको समस्यालाई हटाउन गुड उपयोगी हुन्छ, जसका कारण महिलामा कमजोरी हुँदैन ।

सीमित मात्रामा गुड खानु महिलाको शरीरका लागि फाइदाजनक हुन्छ तर यसको बढी सेवन गरे शरीरका लागि हानिकारक पनि हुन सक्छ । मधुमेहका बिरामी र गर्भवती महिलाले चिकित्सकसँग परामर्शपछि मात्रै यसको सेवन गर्नुपर्छ ।