२४२ सवार भारतीय विमान दुर्घटनाः यात्रुको सूची

Image
Firefighters work at the site of an airplane that crashed in India's northwestern city of Ahmedabad in Gujarat state, Thursday, June12, 2025. (AP Photo/Ajit Solanki)

गुजरात । अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएको छ।

विमान उडेको केही समयपछि दिउँसो १ः३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।

यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए ।

विमानमा सवार यात्रुको सूची