डडेल्धुरा । तीन वर्षमा एक पटक हुने जोगेनी जाँतमा दलित पुजारीले भूतको पूजाआजागरि भव्य रुपमा मनाउने प्रचलन रहिआएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा न–२ रुपालमा प्रत्येक तीन वर्षपछि ‘जोगेनी जाँत’ मनाईन्छ । प्रत्येक तीन वर्षको अन्तरालतमा गौरा पर्व पछि यो जात्रा मनाईने गरेका भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । यस वर्ष यो मेला शुक्रबार हुदै छ ।
उनका अनुसार यो जात हेर्नका लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाहरुबाट भक्तजनहरु आउने गर्दछन । यस जाँतलाई ‘चौंसठ्ठी माताको रुप पनि भनिन्छ । यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन । जसमा मुख्य चौलो कोटेउडा गाउँको चौलो हुन्छ भने अरु चौलाहरु पनि हुने गर्दछन । जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ आउने गर्दछन । यस जातमा अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिई रमाईलो गर्ने गर्दछन । यस जात्रामा किरिया पुत्रि देखि महिनावारी भएका महिलाहरु समेच आउने गर्दछन । यस जाँतमा कुनै पनि प्रकारको जातिय बिभेद गरिदैन ।
जात्रा लागेको दिन सबै गाउलेहरु जात्रा हेर्न आउने र त्यस दिन गाउँमा विभिन्न जंगली जनावर लगायत भूतप्रेत आउँछन भन्ने पुरानो जनविश्वास रहेको छ । यो दिन सबै स्थानीयहरु जाँत हुने स्थान जोगेनी डाँडामा बिहानै देखि जात हेर्न आउछन ।
मेला शुरु भएपछि चौलो खेल्नेहरुलाई जब देवताले अनुमति दिन्छन त्यसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरु पनि खुसीका साथ जोगेनी डाँडामा जान्छन ।
दलित ‘पूजारी’
यस जाँतमा पुजारि दलित समुदायका व्यक्तिहरु हुन्छन । बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला भई जात्राको दिन र नौर्ता नवरात्रि बस्ने व्यक्ति तोकिन्छन । सबै गाउँलेहरु र कर्लै देवताको धामी जात्रा कुन दिन गर्ने भनेर छलफल गर्ने गछर्न जहा दलित समुदायका सुनी, तिरुवा र सार्की थर भएकाहरुले पूजाआजा र जातको व्यवस्थापन गर्दछन ।
जात्राको दिन तोकिएपछि गाँउबाट सार्की थरका र तिरुवा थरकाले पूजा गर्न चाहिने पूजापोखल अन्न र अरु सामान ब्यबस्था गर्दछन । जात्रा सुरु हुने केहि दिन अगाडि भागेका वीर हरुको पूजाआजा गरिन्छ । जसलाई गाउँलेहरु ‘भैरव’ बाद्नु भन्छन । जात्रा हुने एक दिन अगाडि गौरा बिसर्जन गरिन्छ । त्यसै दिन साँझ कोटेउडाको देवथलीमा ‘चौलो’ खेलिन्छ ।
कहिले र कसरि सुरु भयो यो जाँत
यो जात्रा डोटेली अन्तिम राजा नागी मल्लका पालामा सुरु भएको भन्ने कथन रहेको छ । त्यतिबेला साबिकको रुपाल गाविसको माहाकाली नदि नजिकै जाख भन्ने गाँउ थियो । त्यस गाँउमा ‘सुनी’ जातीको बसोबास थियो । उनीहरु महाकाली नदीमा माछा मार्ने गर्दथे । एक दिन त्यस गाँउका काका भतिज नाता पर्ने दुई जना माछा मार्न जाल लगेर महाकाली गएका रहेछन ।
उनीहरुले धेरै पटक जाल हाल्दा साँझसम्म पनि माछा न–परेपछि उदास हुँदै छेउमा बसेछन । माछा नलगेर घर कसरी जाने भन्दै केहि बेर बसेर फेरि जाल हालेछन । जालमाथि तान्दा जाल झन डुब्न थालेछ । त्यो देखेर दुबै जना जोडबलले जाल तान्दै गर्दा जाल पानी माथि ल्याउँदा जालभित्र कति बेला ठूलो माछा र कति बेला स–साना माछा देखिन थाले । त्यस्तो देखेर उनीहरु अलमलमा परे । र केहि गर्न नसकेपछि जाललाइ छेउकै बगरमा छोडिदिए । जाल छोडेपछि जालभित्र कतिबेला मान्छेको अनुहार जस्तै कति बेला ठूलो माछा र कति बेला स–साना माछाहरु देखिन थाले ।
त्यस्ता माछाहरु देखिन थाले पछि दुबै जाना छक्क परे र भन्न थाले आज यी कस्ता माछा हाम्रो जालमा परहे ? दुबै जाना निराश र वाक्क र दिक्क हुन थाले । नजिकै घर भएकाले त्यो जाल सहितको माछालाइ दुबै जनाले घिसार्दै तान्दै घरमा लगे । घर पुगेपछि त्यस जालमा भएको माछालाई के गर्ने कसो गर्ने भनेर गाउँका सबैलाई बोलाइ कुरा गर्न थाले । कोही गाँउले यसलाई काटेर खाउ भन्न थाले भने कोहि गाँउले यसलाई नागी मल्लको दरबार अजयमेरु दरबार लैजाऔ भन्न थाले ।
त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो । गाँउमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानु पर्ने चलन थियो । त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरेछन । त्यो माछालाई राति नै लैजानु पर्ने भएकाले सबै गाँउलेहरु मिली त्यो जालसहित बोकेर दरबार तिर गएछन । जादै गर्दा जालबाट एउटा माछा निक्लेर भाग्छ । रात भरि हिँड्दा हिँड्दै बयलबाट भन्ने ठाँउमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भागेछ ।
त्यहाबाट जाँदै गर्दा एउटा डाँडामा पुगेपछि थकाई मेट्न गाउँलेहरु केहिबेर बसेछन । र जाल पनि छेउमै राखेछन । त्यस ठाउमा बसेको केहि समय पछि उज्यालो भयो । अब उज्याले भएपछि तिनीहरु दरबार तिर लाग्नु प¥यो भनेर हिँडौ भनेर जाल राखेको तिर गएछन । तर जालको नजिक पुग्दा खेरि जालभित्र ढुङ्गा थिए । त्यो देखेर सबै जना छक्क परेछन र आत्तिएछन । त्यसै बेला आकाश गर्जिएछ र पानी पर्न सुरु भएछ । जब त्यो अच्चमको घटना भएपछि त्यहा भएका सुनीहरु डराएछन । यो सब के भयो ? कसरी भयो ? भनेर सबै आप्mनो आप्mनो घर तिर भाग्न थालेछन ।
यता पुरै रुपाल गाउँमा अनर्थ र अशान्ति हुन थालेछ । कोही काम्न थाले छन त कोहि बौलाउन थाले । यस्तो अनर्थ देखेर गाउँका सबै मिली धामीझाँक्री बोलाएर पञ्चनी गर्न थालेछन । पञ्चनीमा आएका सुनीहरुले त्यो घटना बताए । तर कसैले पनि शान्त गर्न सकेनन् । पछि त्यही रुपाल कोटेउडाको कर्लै देवताले शान्त पा¥यो भन्ने छ । कर्लै देवतामा जोतिषी ग्यान पनि भएकाले सान्त पार्न सकेका हुन । कर्लै देवताले ती ढुगाँमा ‘जोगेनी माता’ र वीर भूत भएकाले उनीहरूको अब गाउँलेहरुले राम्रो योगले पूजा गरेपछि शान्त हुने र यो पूजा प्रत्येक तीन वर्षमा गर्नुपर्ने हो भने पछि यहाँ जाँत सुरु भएको भागेश्वर गाउँपालिका अध्यक्ष चटौतले बाताए ।
त्यहि बेला कर्लै देवताले ‘जोगेनी माता’ र वीरहरुलाई शान्त पार्नको लागि भएको पञ्चमीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरी पूजा खाने भनेकाले अब तपाईहरुले यँहा पूजाआजाका साथै बलिदिनु पर्छ भनेर भने पछि जोगेनि जात हुन थालेको हो । त्यस पुजामा दुई खुट्टे पंछी र चार खुट्टे पशुको बली दिइने गरिन्छ ।
जोगेनि जातको चहल पहल
जात्राको दिन बिहानै सबै गाउँलेहरु खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्ने गर्दछन । यस जोगेनि जाँतको मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पड चौलोसंग मिसिन्छ । पड र कोटेउडाको चौलो, पड चौलोको देवथली गोल्देउ खलामा केहिबेर चौलो खेल्ने गरिन्छ ।
त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थलमा पुग्दछन । त्यसपछि सबैभन्दा पहिले डमरु बजाइ सार्कि तिरुवा र सुनीहरु कुण्डमा पस्छन । र कुण्डमा चौलो पस्दछ । डाडामा पूजा हुने स्थान वरिपरी ५–५ फन्का घुमेपछि त्यो चौलो पड कोटेउडा नौतडीको चौलोलाई पछ्याउन जान्छ । पछ्याएपछि फेरि चौलो कुण्डमै प्रवेश गर्छ र फेरि चौलो खेलिन्छ । चौलो खेलेको केहि समय पछि त्यो चौलो पड कोटेउडा नौतडी बिस्तडीको चौलो पछ्याउन जान्छ ।
चारवटै चौलो मिसिएपछि कुण्डमा चौलो प्रवेश गरि चौलो खेल्ने गरिन्छ । कतिबेला आधा चौलो बाहिर गएर खेलिन्छ भने कतिबेला पुरै चौलो बाहिर जान्छ । खेल्दा खेल्दै तल्ली रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो पड कोटेउडा नौतडी बिस्तडीलाई पछ्याउन जान्छ । तल्ली रुपालको चौलो र पछ्याउन गएको चौलो मिसिने ठाँउ भिरालो भएका कारण धेरै मानिसहरु चिप्लिने गर्दछन ।
पाँच वटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्नसम्मको ठाउँ समेत हुँदैन । त्यसमा पनि अधिकांश चौलो खेल्नेहरुसंग तरबार, खुकुरी, सिस्नुको हाङ्गा, काँडा भएको लौरि र नेजाध्वजा हुन्छन । कुण्डमा खेलिरहेको चौलोको आवाज सिट्टि बजाएको आवाज र दमाहा दाइनको आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ । हात हतियारसहित चौलो खेल्ने भएकाले कसैलाई चोटपटक पनि लाग्दछ । चौलो खेल्दा खेल्दै लागेको चोटपटकलाइ जोगेनी माता लेदिएको आर्शिवाद हो भन्ने जनविश्वास रहेको छ ।
चौलो खेल्ने क्रममा कर्लै देवताको धामीलाई तिरुवाहरुले काँधमा राखेर भित्र बाहिर घुमाउँछन । घुमाउने बेलामा धामीले बाख्रालाई मुखले च्यापेको हुन्छ । त्यसपछि पूजा विधि सुरु हुन्छ भने चौलो बाहिरिन्छ । पुजा सुरु भए लगत्तै सार्की र तिरुवाका महिलाहरु एकपैटे रोटी पकाउने गर्दछन ।
कसरि गरिन्छ पूजा ?
कुण्ड खाली भएपछि मसानको माटोले रेखा हालिन्छ र सालका पातला बिछाएर चामल अनि कालो मसि छरिन्छ । त्यसपछि कुखुराको टाउको काटेर उडाइन्छ भने बाख्राको बली कुण्डको बीचमा तीन सय चौसठ्ठी ढुङ्गामा तीन सय चौसठ्ठी वीरहरुको माथि राखेर दिइन्छ । र बाख्राको सबै रगत तीन सय चौसठ्ठी ढुङ्गामा तीन सय चौसठ्ठी वीरहरुको माथि तिर छरिन्छ । त्यसपछि एकपैटे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ । भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलो भित्र आउन धेरै प्रयास गर्छ । तर सुनी जातीका मान्छेहरु भित्र आउन दिदैनन् । सुनीहरु जातिका व्यक्तिहरु चौलोभित्र न आओस भनेर सिस्नु, लौरि, तरवार, खुकुरी र घङारुको हाँगाले प्रतिकार गर्दछन ।
यस जाँतमा चढाईएका बाख्रालाइ काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीन सय चौसठ्ठी ढुङ्गालाई र तीन सय चौसठ्ठी वीरहरुलाई दिने गरिन्छ । बाख्राको मासु चढाउने कार्य सकिएपछि पूजाविधि सकिएको हुन्छ । त्यस कुण्डमा एकपैटे पकाएका रोटीलाई उठाईन्छ ।
जब रोटि उठाईन्छ त्यसै बेला बाहिर गएको चौलोले कुण्डमा प्रवेश गर्दएछ र दिन भरि चौलो खेलिन्छ । बिहानदेखि साझसम्म निरन्तर चौलो खेलिरहेका चौलोले दिनभर यहाँको वातावरण गुञ्जयमान बनेको हुन्छ । चौलो निरन्तर रुपमा लगातार नरोकिएपछि कतिबेला खेलपनि खेल्ने गरिन्छ ।
दिनमा पुरुषहरुले चौलो खेल्ने गर्दछन भने महिलाहरुले देउडा खेल लगाउछन । यसरि दिनभरि चौलो खेलेर बिधिवत रुपमा जाँत समापन गरिन्छ । दिनभरि रमाईलो गरि जात्रा मनाएर सबै घर तिर जान्छन । बेलुकि तिर वीरहरुले चौलो खेल्ने गर्दछन भन्ने जनविश्वास रहिआएको छ ।