डडेल्धुरा । जेनजीले सोमबार देखि सुरु गरेको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरिएको प्रहरी हस्तछेपले देश भरी आन्दोलन सुरु भएको छ । मंगलबार देशै भरका सबै विद्यालयहरु बन्द गरिएका छन । जेनजीसंगै सबै पुस्ताहरु आन्दालनमा होमिएका छन । व्यपारीहरुले बजार बन्द गरेका छन ।
डडेल्धुरका सबै बजार बन्द गर्नुकासाथै विद्यालयहरुमा शोक बिदा दिईएको छ । यहाँका मुख्य बजार क्षेत्रमा प्रदर्शन सुरु गरिएको छ । प्रधानमन्त्री केपी ओलीको राजिनामासंगै वर्तमान मन्त्रीहरु, सत्तासाझेदार दलका नेतृत्वकर्ताहरु लाई कार्वाहीको माग गर्दै प्रदर्शनहरु भईरहेका छन ।