डडेल्धुरा । सोमबार जेनजीले सुरु गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएपछि न्याय माग्दै डडेल्धुरावासी सडकमा प्रदर्शन गरिरहेका छन । स्वतः स्फूर्त रुपमा बजार, गाडी, नीजि विद्यालय लगायत संघ संस्थाहरु बन्द गरि स्थानीयहरु मंगलबार बिहान ८ः०० बजेदेखी नै प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नाराबाजी गदै मारिएका जेनजीहरुको हिसाब माग गरिरहेका छन ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ बागबजार स्थित बसपार्कबाट विरोध र्याली निकाली प्रदर्शन्कारीहरुले वडा नं. ८ को किर्तिपुर, तुफानडाडा हुदै वडा नं. ४ को खलंगामा रहेको जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय अगाडी चर्का नाराबाजी गरेका थिए । अहिले प्रदर्शनकारीको भिड नारा लगाउदै पुनः बसपार्क क्षेत्र पुगेको छ ।
अमरगढी नगरपालिका ७ को पोखरा बजारमा प्रधानमन्त्री ओली र सत्ता साझेदार नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको पुत्ला दहन गर्दै प्रदर्शन भईरहेको छ । पोखरा बजार, किर्तिपुर बजारमा सडक अवरुद्ध गरिएको छ । जनाता, विद्यार्थी मार्न पाईदैन, भ्रष्ट सरकार राजिनामा दे लगायतका चर्का नाराबाजी गर्दै प्रदर्शनहरु भईरहेका छन ।