डडेल्धुरा । डडेल्धुरा कारागारबाट भागेका ८५ जना कैदीबन्दी मध्ये ३३ जनालाई सेना र प्रहरीले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका ३३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको कारागार प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिए । उनका अनुसार ५२ जना फरार छन । फरार रहेकाहरुको खोजी कार्य भईरहेको छ ।
कारागार तोडफोड गरि कैबन्दीहरु भागेका समाचार बाहिरिए पछि बुधबार बिहानै देखि कैदीबन्दीहरु गेटमा भेला भएका थिए । प्रशासक भट्टले भने, प्रहरीले सुरक्षा दिदादिदै हुलहाल गरि कैदीबन्दीहरुले गेट तोडेर भागेका थिए । सेना र प्रहरीले खोजी कार्य जारी राखेको उनले बताए ।
कारागारमा ११८ कैदीबन्दी रहेका थिए । कारागार प्रशासक भट्टका अनुसार थुनुवा १६ र कैदीबन्दी १०२ सहित ११८ जना कैदीबन्दी रहेका थिए । कारागारको क्षमता १२५ जनाको रहेको छ ।