काठमाडौं । अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले समर्थन जनाएका छन् ।
प्रधानसेनापति अशोक सिग्देलसँगको छलफलमा जेन-जी प्रतिनिधिहरूले नयाँ सरकारको नेतृत्वमा कार्कीको नाम प्रस्ताव गरेपछि बालेनले समर्थन जनाएका हुन्।
स्रोतका अनुसार बालेनले नै जेन(जीमार्फत सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । बालेनले नेतृत्व लिन नचाहेको र फोन नउठाएको भन्दै आलोचना भइरहँदा बालेन भने जेन(जी प्रतिनिधहरूसँग छलफलमै थिए ।
संक्रमणकालिन अवस्थालाई ‘सेफ ल्यान्डिङ’ गराउन परिपक्क नेतृत्व आवश्यक रहेको भन्दै बालेन समर्थक जेन-जीहरूले कार्कीको नाम प्रस्ताव गरेका हुन् ।
यता धरानका मेयर हर्क साम्पाङले आफू समर्थक जेन-जीहरूलाई सुशीला कार्कीको विरुद्धमा उतारेर प्रधानसेनापतिसँग छलफल गरेका छन् । हर्कले अन्तरिम सरकारको नेतृत्व आफूले गर्ने इच्छा व्यक्त गरेका छन् ।
हर्कका जेन-जीहरूलाई सेनाले भोलि बिहान लिडरको नामसहित सम्पर्कमा आउन भनेको छ।