डडेल्धुरा । गन्यापधुरा गाउँ पालीका वडा नं. ४ कैलपालमाण्डौमा रहेको श्री नीरपाल बचत तथा ऋण सहकारी संस्थाको २८औं साधारणसभा शनिबार औंपचारीक कार्यक्रमका बीच सप्पन्न भएको छ । २०५४ सालमा बिधिवत रुपमा दर्ता भइ २० रुपैयाँबाट बचत सुरु गरेको संस्थाको हाल नौ करोड ८३ लाख बढी पुँजी पुगेको छ ।
एक हजार ३७९ जना शेयर सदस्यहरु रहेको स्स्थाको हालको पुँजी रकम नौ करोड ८३ लाख ८० हजार २९८ रहेको संस्थाका कोषाध्यक्ष लोक बहादुर खत्रीले आयव्य प्रस्तुत गरे । गाउँ ठाउँमा रहेका स्थानीयहरुको घर खर्च तथा बिबिध समस्यासमाधान गर्न यस संस्थाबाट सजीलै कर्जा पाइने गरेको छ ।

आफू सँग रकम भएको बेला बुझाउने व्यवस्था रहेको संस्थाका अध्यक्ष सदानन्द पनेरुले जानकारी दीए । संस्थाको साधारण सभामा वार्ड नं. ४ का अध्यक्ष नरेन्द्र कुमार भट्टको, जिल्ला समन्वय समिती डडेल्धुराका सदस्य टेक बहादुर धानुकलगायतका जनप्रतीनिधि तथा वडा नं. ४ र ५ का शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले प्रत्यक चार वर्षमा संचालक समितीको निर्वाचन गर्नुका साथै आगामी आर्थिक वर्षकोअनुमानीत बजेट पारीत गरेको छ ।