डडेल्धुरा । स्थानीय स्तरमा आफ्नै कामगरि स्वरोजगार बनेका युवाहरुलाई सम्मान गर्दै डडेल्धुरामा अन्तराष्ट्रि युवा दिवस मनाईएको छ । युवा दिवसका अवसरमा डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी क्षेत्रमा तीन पांग्रे साधन अटो चालउदै आईरहेकी धौली दमाईसंगै कपाल, दाह्री काट्ने काम गर्दै आइरहेका दुई जना युवालाई उत्कृष्ट युवा श्रमिक सम्मान गरिएको छ ।
दमाई २०७४ सालको निर्वाचनमा अमरगढी नगरपालिका-७ बाट सदस्य पदमा निर्वाचित भई कार्यपालिका सदस्यसमेत रहृकी थिईन । राजनीतिमा पनि सक्रिय महिला आफ्नै श्रमगरि स्वरोजगार बन्नु समुदायकालागि प्रेरणाको श्रोत भएको भन्दै उनलाई सम्मान गरिएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिले दमाईसंगै थप दुई जना युवालाई सम्मान गर्दै स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने प्रेरणा दिएको छ । अमरगढी नगरपालिका ५ तुफानडाडामा सैलुनको काम गर्दै आईरहेका अजयमेरु गाउँपालिका २ का हरिषकुमार ऐर र लक्ष्मण ऐरलाई पनि सम्मान गरिएको छ ।
कामले सानो ठूलो नहुने विचार प्रवाह गर्न आत्मसम्मानका लागि युवाहरुलाई उत्कृष्ट युवा श्रमिक सम्मान गरिएको आयोजक युवा समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि भण्डारीले बताए । अजयमेरु गाउँपालिका ६ का वडा अध्यक्षसमेत रहका भण्डारीले युवा समितले युवा दिवसका अवसरमा विगत देखि रक्तदानलगायत समुदायमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । यस पटक रेडकक्रसद्धारा संचलनमा आएको ब्लड बैंकमा रक्तदानसंगै सम्मानको कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिए । दुई दर्जन युवाहरुले रक्तदान गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल ट्रेड युनियन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहले युवाहरु लाई सिप मूलक तालिम दिई स्वरोजगार बनाउन आवश्यक रहेको बताए । तराईका जिल्लाहरुमा मन्त्रालयका विभिन्न योजनामा युवा सिप मूलक तालिमहरुको आयोजना गरिने भएपनि पहाडी जिल्लाहरुमा तालिमका आयोजना नै नहुने उल्लेख गर्दै उनले यसका लाग पहल गर्ने बताए ।
एक दशक अघिसम्म डडेल्धुराका गाउँमा सडक, बत्ति, खानेपानी, सिचाईको व्यवस्था नभएको तर अहिले यहाँका गाउँगाउँमा यी सबै क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण भईसक्दा पनि युवा विदेशिने लहर नरोकिएको उद्योग बाणिज्यसंघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेस युवा परिचालन तथा खेलकुद समिति संयोजक दिपक महताले स्वदेशमै लगानी र काम गर्ने वातावरणको सिर्जना गर्नु पर्ने बताए ।
विदेश जान १५ लाख लगानी ऋणमा जुटाउने तर आफ्नै ठाउँमा कुनै व्यापार, व्यवसाय वा काम गर्न कन्जुस्याई गर्ने परिपाटीको विकास भएकाले युवाको विदेशिने लहर चलेको उल्लेख गर्दै उनले यसका लागि युवाहरुले नै अभियान संचालन गर्नु पर्ने बताए । उत्पादनका क्षेत्रमा सरकारले दिएको अनुदानको अनुगमन पनि युवाहरुले गर्नुपर्ने उनको भनाई थियो ।