नवदुर्गाको चौडमा जिप दुर्घटना हुदा चार जनाको घटना स्थलमै मृत्यु

Image

डडेल्धुरा । जिल्लाको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ईन्सपेक्टर डम्बर बिष्टका अनुसार बिहिबार बिहान करिब ८ः०० बजेको समयमा से १ज ७३८ नं. को जिप दुर्घटना भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

नवदुर्गा गाउँपालिक ५ ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउदै गरेको जिप कच्चि सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा परि थप चार जना घाईते भएको उनले बताए ।

जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढां बैतडीको सिगास गाउँपालिकासंग सिमा जोडिएको चौडको कच्चि सडकमा जिप दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएपछि करिब ८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटना स्थल तर्फ हिडेको थियो ।
घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।