पदम गाउँलेको गितिखण्डकाव्य दर्पन विमोचन

Image

डडेल्धुरा । लेखक एवं कवि पदम भाट गाउँलेको तेस्रो कृति दर्पन विमोचन गरिएको छ । डोटेली भाषाको गितिखण्डकाव्यको बुधबार डडेल्धुरा सदरमुकाम बागबजार स्थित बसपार्कमा शुभारम्भ भएको राष्ट्यि गौरा महोत्सव २०८२ मा उनको गितिखण्डकाव्य दर्पन विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले गाउँलेको तेस्रो कृति दर्पनको विमोचन गरेका थिए ।

अमरगढी नगरपालिका ७ स्थाई घर भएका गाउँलेका यस अघि दुई वटा कृति अमरमाया र कालोकाट रहेका छन । अमरमाया उपन्यास हो । यो कृति २०६५ मा पहिलो संस्करणका रुपमा ल्याईएको थियो । उनको अर्को कृति कालोकोट २०६८ मा ल्याईएको थियो । कालोकोट व्याग्यात्मक निबन्ध संग्रह हो ।

गितिखण्डकाव्य दर्पनमा समाजमा हुने विभिन्न प्रकारका विकृति, कुरिती विरुद्ध रचिएका गितहरु लेखिएका छन । गाउँलेका अनुसार हाल विद्यमान देशबाट युवाहरु विदेश पलायनले निम्त्याएका समस्याहरु लाई बिशेष जोड दिएको छ । यो भाग पहिलो भएको र यसको अर्को भाग पनि ल्याईने उनले बताए । डोटेली भाषमा दर्पन भन्नाले नेपाली भाषमा ऐना वा दर्पण हो । समाजमा विद्यमान समस्या, घटना र परिवेशलाई गितिखण्डकाव्यमा समावेश गरिएकाले दर्पन नाम दिईएको उनले बताए । उनले भने, दर्पन हेर्दा जस्तो देखाउछ । यो गितिखण्डकाव्यले पनि त्येही देखाउन खोजेको छ ।

गाउँले संचारकर्मी पनि हुन । उनले २०६६ देखि करिब एक दशकसम्म सामुदायिक रेडियो सुदूरआवाज एफएममा डोटेली भाषा, संस्कृतीका कार्यक्रम संचालन गरेका थिए । हाल उनी नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समिति सदस्यसमेत रहेका छन ।