एक वर्षमा पौने एक करोड राजस्व संकलन गरेर सरुवा भए डिएसपी श्रेष्ठ

Image

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले एक वर्षको अबधीमा करिब पौने एक करोड राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा डडेल्धुरा अदालतबाट फरार प्रदिवादी पक्राउ गरि ४७ लाख ५६ हजार बढी रुपियाँ राजस्व उठाउन सफल भएपछि प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेशमा प्रथमसमेत भएको कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

यहाँबाट सरुवा भएर सुर्खेत दरबन्दि परेका उनले शनिबार आफ्नो कार्यकालमा भएका उपलब्धिहरु बारे जानकारी गरउदै उलेखनिय कार्य भएको बताए ।

गत वर्ष फरार रहेका १८६ मध्ये ९४ जनालाई पक्राउ गरि ५२ वर्ष दुई महिना २९ दिन कैद हुने गरि ४७ लाख ५६ हजार ७६४ रुपियाँ राजस्व संकलन गरिएको उनले बताए । यसैगरी चालु वर्ष २०८२/०८३ को हालसम्म फरार रहेका २३६ मध्ये २९ जना पक्राउ गरि तीन वर्ष चार महिना २९ दिन कैद हुने गरि आठ लाख ९२ हजार ४०० रुपैयाँ संकलन गरिएको छ ।

उनका अनुसार गत आर्थिक वर्षमा नौ लाख ६ हजार बराबरको भन्सार छलीका सामान बरामद, खैरो जातको १६७ थान गोलिया बरामदसंगै सात जना र दुई वटा सवारी साधन नियन्त्राण गरि तीन लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो । अवैध नदीजन्य उत्खनन् गर्ने १० जना पक्राउ र आठ वटा सवारी साधन नियन्त्रणमा लिई ३८ हजार रुपियाँ संकलन गरिएको थियो ।

यसैगरि यस वर्ष २७ हजार ६४० रुपियाँ बराबरको भन्सार छलिको सामान बरामद, २२१ क्युफिट सालको बाट बरामद गरि एक लाख ३२ बहजार रुपियाँ बराबर राजस्व संकलन गरिएको छ ।

राजस्व र बरामद गरिएका सामानहरुको मूल्य जोड्दा करिब ७२ लाख हुन आउने उनले बताए । मदिरा नष्ट गरिने भएकाले बरामद गरिएको मदिराको मूल्य नराखिने गरेको उनको भनाई थियो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यालयले १९० मुद्दा दर्ता भएका थिए । तीमध्ये ११८ फछ्र्याैट गरिएका थिए भने ९० मुद्दा बाँकी रहेका छन । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्र ३७ मुद्दा दर्ता भएका छन । जसमा १४ फछ्र्याैट भइसकेका छन । लागूऔषध नियन्त्रणमा गत वर्ष ११ मुद्दा दर्ता भई १५ जना पक्राउ परेका थिए । यस वर्षको हालसम्म २ मुद्दा दर्ता भई ४ जना पक्राउ परेको डीएसपी श्रेष्ठले बताए ।

श्रेष्ठको कार्यकालमा केही चर्चित अपराध प्रकरण सुल्झिएका छन । अमरगढी नगरपालिका–७ की आरती भट्टराई हत्या, गन्यापधुराकी खिमादेवी भुल हत्या, अमरगढी–३ की अस्मिता थापा मगर हत्या र शीर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी घटनाको अनुसन्धान आफ्नै नेतृत्वमा सम्पन्न भएको उनले बताए ।

अपराध नियन्त्रणसँगै उनले सामुदायिक प्रहरी अवधारणा अन्तर्गत एक हजार १४८ वटा सामुदायिक कार्यक्रम मार्फत करिब २४ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा सुर्खेत सरुवा भएको छ । उनले गत वर्षको असोज १६ गतेदेखि डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको नयाँ डीएसपीको रूपमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी वरुणबहादुर सिंह आउँदै छन ।