काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर तोकेको छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर तोकेको हो ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ ।
यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ । चाडबाडको बेला हवाई सेवा प्रदायक कम्पनीहरुले अन्य समयको भन्दा दोब्बर भाडा लिने गरेका छन्।
यस्तो छ हवाई भाडादरको सूचीः
काठमाडौं–सिमराः ३ हजार ९७८ रुपैयाँ
काठमाडौं–भैरहवाः ८ हजार ४६१ रुपैयाँ
काठमाडौं–राजविराजः ८ हजार २१० रुपैयाँ
काठमाडौं–सुर्खेतः ९ हजार ३० रुपैयाँ
काठमाडौं–भरतपुरः ४ हजार ६४३ रुपैयाँ
काठमाडौं–भद्रपुरः १२ हजार ११२ रुपैयाँ
काठमाडौं–जनकपुरमाः ५ हजार ४७० रुपैयाँ
काठमाडौं–पोखराः ६ हजार ६३५ रुपैयाँ
काठमाडौं–नेपालगञ्जः १३ हजार १०३ रुपैयाँ
काठमाडौं–विराटनगरः ९ हजार ७८५ रुपैयाँ
काठमाडौं–धनगढीः १७ हजार ५७९ रुपैयाँ
काठमाडौं–तुम्लिङटारः ७ हजार ६३० रुपैयाँ