‘दुई दिनको यात्रा’ बाट ‘दुई घण्टाको दूरी’

Image

डडेल्धुरा । नेपाल–भारत सिमा नदी महाकाली किनारको परशुराम नगरपालिका–७ साँदनी गाउँका जेष्ठ नागरिक मन्दिर धामीका अनुभव करिडोरको सामाजिक प्रभाव बुझ्न पर्याप्त छन ।

उनी सम्झिन्छन, डोटीको बुडर बजारबाट साँदनी पुग्न दुई दिन पैदल हिँड्नुपथ्र्याे । त्यसपछि भारतको टनकपुर जान फेरि दुई दिन । नुन, लत्ता–कपडा, दैनिक उपभोग्य सामान ल्याउन दिनौँको पैदल यात्रा । रात परे जंगलमै मुडा बालेर बस्ने बाध्यता ।

आज सडक र पुल बनेपछि जोगबुडा बजार दुई घण्टामै पुगिन्छ । गाउँमै विद्यालय र स्वास्थ्य चौकी स्थापना भइसकेका छन । यसले देखाउँछ, सडकले केवल दूरी घटाउँदैन, जीवनशैली नै बदल्छ । २०४० सालमा बैतडीको पुर्चौडीबाट बसाई सराई गरि डडेल्धुराको भिधिमधेश जोगबुडा आएका धामीले बुडर बजारबाट करिब दुई दिन हिडेर साँदनी पुगेको बताए । साँदनी हालको कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका संग सिमा जोडिएको चुरे पहाड हो ।

यहाँबाट दुई दिन नै हिडेर कञ्चनपुर तथा भारतको टनकपुर पुग्नु पर्ने बाध्यता थियो । उनले भने, सामान्य टोपी, लगाउने भित्रिबस्त्र किन्न पनि दुई दिन पैदल हिडेर टनकपुर पुग्नु पर्ने बाध्यता थियो । टनकपुरबाट ५० केजी नुन पिठ्युमा बोकेर घर पुग्नु पथ्र्यो । अहिलेका युवा त एक केजी नुन पनि बोक्दैनन् । टनकपुरबाट फर्किदा बाटो मै रात परेपछि मलासका जंगलमा मुडा बालेर रात कटाउनु पर्ने बाध्यता भएको उनले सुनाए । तोरी पेल्न पनि टनकपुर नै पुग्नु पर्ने त्यो बेलाको बाध्यताबाट अहिले सडक, पुल, बजारले यी सबै अन्त्य भएको उनको भनाई छ ।

पछिल्ला वर्षहरुमा निर्माण भएका सडक, पुलले गाडीमा दुई घण्टामै जोगबुडा बजार पुगेर घर फर्किन सकिने अवस्थामा पुगेको उनले बताइ । त्यो बेला बिजुली नहुदा मलासका जंगलबाट सल्लाको झुरो (दियालो) निकालेर उज्यालोको व्यवस्था गथ्र्यौ । उनले भने, पछि टनकपुरबाटै मट्टितेल, गैस, टुकि ल्याएर उज्यालो बनाउथ्यौ । झुरोकै उज्यालोले घट्टमा गहु, मकै पिसेर गुजरा चलाउने ती दिन र अहिले भएका विकासले जीवन यापन निकै सहज भएको उनले बताए ।

अहिले सादनी गाउँमै बजार बनिसके पछि निकै सहज भएको उनले बताए । गाउमै विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौीक पनि स्थपना भएकाले शिक्षा र सामान्य स्वास्थ्य उपचारका लागि बाहिर जानु नपर्ने अवस्थामा पुगेको उनको भनाई छ । तर अझै पनि सबै खोलामा पुल निर्माण हुन नसकेको । उर्वर भूमी भए पनि सिंचाईको पर्याप्त व्यवस्था र बिद्युतको राष्ट्रिय लाईन सादनी गाउँमा नपुग्दा लघु जल बिद्युत आयोजनाका बिद्युत उपभोग गर्दा २० युनिटसम्म मासिक ९० रुपियाँ २० युनिट कटे दोब्बर बिल तिर्नु पर्ने बाध्यता रहेको उनले जानकारी दिए । अबका सरकारले सडक, पुल, पुलेसा, बिद्युत, सिचाई, खानेपानिका योजना निर्माण गर्नु पर्ने उनले बताए ।

सादनी गाउँ भएर सुदूरपश्चिम समृद्धि, व्यापार, यातायात सुविधाको प्रमुख उद्देश्यले महाकाली करिडोर निर्माण थालिएको भए पनि यसले तिब्रता पाउन सकेको छैन । यसले स्थानीय निरास छन । सुदूरपश्चिमलाई उत्तर–दक्षिणतर्फ जोड्न कञ्चनपुरदेखि दार्चुलासम्म सडक सञ्जाल विस्तार गरिन लागेको भए पनि यसमा सरकारको उदासिनताले काम तिब्र रुपमा हुन नसकेको स्थानीयको बुझाई छ ।

यस करिडोर अन्तरगत सादनी र वडा नं. ६ को चन्दनी, कुणा क्षेत्रसम्म करिब ६ किमि कालोपत्रे हुनुकासाथै सादनी खोलामा मोटरेबल पुल निर्माण हुदा स्थानीयलाई आउजाउ गर्न निकै सहज भएको छ । ब्रहम्देवसम्म पुरै सडक कालोपत्रे भए करिब आधा घण्टामै त्यहाँ पुग्न सकिने उनको भनाई छ ।

समृद्धि र विकास स्थानीय कृषि, पर्यटन (जस्तै कैलाशमानसरोवर), धार्मिक स्थल पहुँच, रोजगारी, सामाजिक–आर्थिक प्रगतिका लागि करिडोर निर्माण गरिन लागेको हो । रोड नेटवर्क विस्तार गरि पहाडी क्षेत्रहरूलाई तराईसँग जोडेर यातायात सहज बनाउने पनि यसको उद्देश्य छ । महाकाली करिडोर पूरा भएपछि करिडोरको लम्बाइ लगभग ४१३ किमि हुनेछ ।

जसले नेपालको सुदूरपश्चिमलाई उत्तर दक्षिणतर्फ जोड्ने छ । अहिले मुख्यतया नेपाली कांग्रेसका उम्मेदबार नैनसिंह महले यहाँका मतदाताहरु माझ महाकाली नदीमा भारत सरकारसंग भएको पुल निर्माणको सम्झौतालाई अघि बढाउने र सडक सञ्जाललाई जोडेर मानसरोवर पुग्ने करौडौ धार्मिक पर्यटकलाई डडेल्धुराको बाटो हुदै बजार क्षेत्रलाई हील स्टेसनका रुपमा विकास गर्ने योजना सुनाई रहेका छन ।

कञ्चनपुरको ब्रह्मदेव देखि टिङ्कर दार्चुला सम्म चीनको सीमा नजिक यो करिडोर निर्माण गर्ने लक्ष्य राखिएको छ । यसमध्ये ३३४ किमि सडक संघीय रोड कार्यालयले बनाउदै छ भने बाँकी लगभग ७९ किमि नेपाली सेनाले टिङ्करसम्म खोल्ने काम गर्दैछ ।

करिडोरको डडेल्धुरा जिल्लामा करिब ५८ किमि खण्डको लागि योजना गरिएको छ । हालसम्म करिब आधा ट्«याक खुलि सकेको छ ।