काठमाडौँ । यस वर्षको मनसुन आज बिहीबारदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। यस वर्ष मनसुन विगतको औसत समयभन्दा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहने महाशाखाले जनाएको छ। त्यसैले मनसुन बाहिरिएको भए पनि स्थानीय वायुमण्डलीय प्रणालीका कारण मौसममा परिवर्तन आउन सक्नेछ। रासस









