डडेल्धुरा । उग्रतारा वेद विद्याश्रमलाई एनएमबि बैंकले सहयोग गरेको छ । एनएमबि बैंक डडेल्धुराको अमरगढी शाखाले वेदविद्याश्रममा अध्ययनरत बटुक र शिक्षक गुरुलाई पोशाक उपलब्ध गराएको छ ।
शाखाका प्रबन्धक बिरेन्द्र भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत उग्रतारा वेद विद्याश्रममा अध्ययनरत ३४ जना विद्यार्थी ७ जना शिक्षकलाई धोतीसहित एक÷एक जोर गरी ४१ थान पोशाक उपलब्ध गराएको हो । करिब ६१ हजार रुपियाँ बराबरको ४१ थान पोशाक उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी“बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।












