सुगौली सन्धि के हो ?
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो । यो सन्धिबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको दुई तिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो ।
सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो । तर वर्तमान कालमा यी क्षेत्र भारतका भू-भागमा पदर्छन् ।
सुगौली सन्धि बाध्यता कि चाहना ?
सुगौली सन्धि आफ्नो स्वईछ्याले गरिएको थिएन । ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ डिसम्बर १८१५ गर्यो । जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए । सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो । नेपाललाई ती शर्तहरू मञ्जुर थिएनन् । यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन ।
त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौँमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुकासाथै सेनाको हलचल गरायो । राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो । सुगौली सन्धि नेपालमाथि लादिएको थियो । राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे । तर नेपाल बाध्य बन्यो, यसका शर्तहरू मान्न ।
पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरेका थिए । नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औँ दिनमा हस्ताक्षर गर्यो । सन्धि सोही दिनदेखि लागू गरियो ।
त्यो सन्धि अनि आज सम्मको विवाद, हो सुन्दा अलिक अनौठो लाग्न सक्छ १८१५ देखि आजसम्म नेपाल र भारतको सिमा विवाद टुंगिएको छैन । नेपालीको नेपाल प्रतिको देशभक्ति भारतको भारत प्रतिको देशभक्ति यो सिमा विवादलाइ झन् घातक बनाउदै गैरहेको छ । राजा बिरेन्द्र शाहको पालाको नाकाबन्दी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालाको नाकाबन्दी जलंत उदाहरण हुन ।

भारतले नेपाललाई किन सधै हेप्छ ?
सन् १९४७ को गर्मीयाममा भएको भेटमा नेहरुले भनेका थिए । “नेपाल स्वतन्त्र देश भएता पनि संस्कृति र परम्पराका आधारमा भारतसंग ज्यादै निकट छ र हामि उसलाई कुनै बिदेशी राष्को रुपमा हेरेका छैनौ “
यसमा थप विषयमा बडामहाराजलाइ थपेर हेरौ है
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गर्छौ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो ।
पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु
खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ, खानी चलाउनु पर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ । अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु, मुलुकमा अन्याय हुन कहिल्यै नदिनु, सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ, जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो, सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ, नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु, काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु, सधैँ गुणको होइन, नुनको पछि लाग्नु, आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ, घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन्, यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो, राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।
यी दिब्य उपदेशलाइ मान्यतामा राखी राजा महेन्द्र लगायत राजा बिरेन्द्रले बडामहाराज कै पथमा लागे । भारतबाट कारिगर नेपाल भित्र्याई हातहतियार देखि उद्योग कलकारखाना नेपालमै बनाए । नेपालि अर्थतंत्रमा ठुलो साथ पुग्यो जलंत उदाहरण हुन् (मारवाडीहरु) गोल्छा ग्रुप, चौधरी ग्रुप, बिशाल ग्रुप आदि । जो अहिलेसम्म नेपालि नागरिक बनि नेपाल देशमै आफ्नो व्यवसाय गरि बसेका छन । तर आज नेपाल हेपिएको देखिन्छ । सिमा विवाद हेर्दा होस् या नेपालीहरु प्रतिको भारतीय जनताको मानसिकता, नेपालमा सरकार गठन होस या नेपालि व्यापार व्यवसाय ।
तर कालखण्डको अलग माग थियो र राजतंत्रबाट बहुदलीय संवैधानिक राजतंत्र सुरु भयो । बहुदलीय व्यवस्था आउने बित्तिकै भारतले आफ्नो नयाँ नयाँ राजनैतिक अस्त्र प्रहार गर्न थाल्यो र अस्थिरता झन् चरम सिमामा पुग्यो । जनयुद्ध सुरु भयो, जनयुद्धका कारण आर्थिक देखि भौतिक सम्पतिमा ठुलो घाटा ब्योहर्न पर्यो राष्ले । साथै दरबार हत्याकाण्ड घट्यो जनताका प्रिय मानिएका राजा बिरेन्द्रको वंस नास भयो र हत्याकाण्डको जरा पत्ता नलाग्दै राजा ज्ञानेन्द्रले सत्ताको मोह दोस्रो चोटी चाख्न पाए फल स्वरूप भारतसंग झुक्न पर्ने देखियो ।
झुक्न नचाहेका बिरेन्द्रको वंस नास भएको देख्दा ज्ञानेन्द्रलाइ डरसँगै सत्ता सम्हाल्न गाह्रो थियो । जनयुद्ध संगै अस्थिर सरकार अनंतः दरबारियाहरुको समर्थन ज्ञानेन्द्रलाइ देखिएन, न भारतको, न जनताको, न राजनीतिक दलको कसैको साथ नपाए पश्चात राजतन्त्रको अन्त्य भयो, देशले प्रजातंत्र फल स्वरूप पायो । सायद १७०० किमिको सिमा जोड भएर होला राजनैतिक रुपमा देश भारत तर्फ झन झुक्दै गयो । झुक्दै गयो र भारतको हरेक कार्य ठाउँमा हस्तक्षेप बढ्दै गयो । राजनैतिक अस्थिरता शान्ति सम्झौता पश्चात अहिले सम्म छदै छ । फल स्वरुप बडामहाराजको उपदेश सबैले बिर्से ।
नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु
यहि राजनैतिक अस्थिरता, गरिबीका कारण देश बाध्य भएर कमजोर बन्दै गयो । यही कमजोरीलाइ मध्यनजर राखेर चलाख छिमेकी नेपाल अनि नेपालि माथि हावी भयो । हावीसंगै नेपालले सिमा विवाद सहनु पर्यो । जो हरेक नागरिकको देशभक्तिमाथिको प्रहार बन्दै गयो । हरेक नागरिकहरुले न बिकास नै पाए, न टुंगो । कुरा गरौ सिमा विवादको जो नेपालि नागरिकहरुको मन मुटु मस्तिस्क माथिको प्रहार हो ।
काठमाडौंलाइ कालापानी किन दुख्दैन ?
नेपाल चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा, कालापानी) सबैलाई याद भाको कुरा हो, यो सँगै नवलपरासी सुस्ता हामि माझ छरप्रस्ट छ । नेपाल र भारत बीच १७०० किमिको सिमा जोड छ । ७८ जिल्लाहरु मध्ये २६ जिल्लाहरुमा भारतसंग सिमा टासिएको छ । ति २६ जिल्लाहरु मध्ये २१ जिल्लाहरुमा सिमा विवाद छ । सुदूरपश्चिमको लिपुलेक कालापानी ३७० वर्ग किमी रहेको यो भू भाग भारतीय प्रशासनको हातमा छ ।
१८१६ को सुघौली सन्धि अनुसार नेपाल सँग हुनुपर्ने यो भू भाग भारत संग छ र सडक विस्तार गरेर २०१९ देखि प्रयोग गर्दै आइरहेको छ । २०१९ मा सडक विस्तार गरेपछी भारतले नयाँ राजनैतिक नक्सा प्रकाशन गर्यो । जुन नक्सामा नेपालि भूभाग त्यो नक्सामा राखिएको छ । त्यहि नक्साको बिरोधमा नेपालले पनि आफ्नो नयाँ नक्सा प्रकाशन गर्यो लिपुलेक लिम्पियाधुरा र कालापानी समेटेर । तर त्यो नक्सा न नयाँ पाठ्यक्रममा राखियो, न कुनै इन्टरनेटमा भेटिन्छ नेपाल खोज्दा ।
सुदूरपश्चिमकै टनकपुर, काली नदि दक्षिण तिर बग्दै गर्दा शारदा नदि बन्छ । जुन नदीमा भारतले शारदा बाँध बनाएको छ । जसले २८६.३७ रोपनी नेपालि भुमि मिचेको छ । १९०५ मा यो नदि नै नेपाल भारतको सिमा थियो तर BRITISH EAST INDIA COMPANY ले यस नदीमा बाँध बनाउन खोज्छ तर बाँध बनाउदा दुवै तर्फको भुमि मिचिने भएकाले BRITISH EAST INDIA COMPANY ले तत्कालिन राणा सरकारलाई दोधारा चादनि नेपाललाई दिने र त्यसको बदला शारदा नदिको माग राखे र राणा सरकारले बिना आपत्तिको स्वीकार्यो र शारदा बाँध बन्यो ।
सम्झौता अनुसार साटेको होला नि ठिकै लाग्न सक्छ । तर १९८१ तिर भारतले सम्झौता बिना नयाँ टनकपुर बाँध निर्माण गर्यो । २२२ हेक्टर भुमि भारतले अतिक्रमण गर्यो साथै नजिकका खोला नालाहरु आफूतिर फर्काइ आफै प्रयोगमा ल्यायो । त्यति मात्र होइन नयाँ बाँधको कारण शारदा बाँधमा पानि नै पुग्दैन जुन अनुरुप नेपालि किसानहरु झन् मार्कामा परेका देखिन्छन ।
यो समस्या समाधानको लागि माहाकाली सन्धिमा हस्ताक्षर हुन्छ । समस्या घट्नु अथवा हट्नुको साटो झन् समस्या बल्झिदै गयो । त्यो सन्धि अनुसार महाकाली नदीलाई सिमा नदि लेखियो । जुन सन्धि अनुसार कंचनपुर जिल्ला सबै भन्दा बढी प्रभाभित भयो । पुर्यागिरी मन्दिरमा १ नम्बर पिल्लर नै छैन । परासनमा १२ वटा पिल्लर नै छैनन् । त्यति मात्र नभई सुक्लाफाटा राष्टिय निकुंजको २९ वर्ग किमि जङ्गल अतिक्रमण गरेको छ ।
सुदूरपश्चिमकै कैलाली जिल्लामा मोहना नदि सिमा नदि हो र मोहना नदिले आफ्नो दिशा परिवर्तन गरिरहन्छ । जसका कारण नेपालि भूभाग कहिले भारत तर्फ हुन्छ भने कहिले भारतको केहि भुमि नेपालको हुन्छ । कैलालीमा ५३ वटा सिमाना पिल्लारहरु छन् । २८२ वटा सहायक पिल्लरहरु छन । जुन सबै अहिले सम्म विवादित छन ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये ६ जिल्लाहरु सिमा विवादमा छन । कतै नदिको बहावले दिशा परिवर्तन गरेर, कतै बाँधहरुका कारण, कतै सिमाना पिल्लरहरुका कारण, कतै जबरजस्ती अतिक्रमण ।
बर्दिया जिल्लाको दशगाजा क्षेत्रमा भारतले अतिक्रमण गरेको छ । कतै नयाँ पिल्लरहरु निर्माण गरिएका छन । कतै पिल्लरहरु गयाब गरिएका छन, कतै पिल्लरहरु भत्काइएका छन । संगैको बाँके जिल्लामा पनि भारतले नसोधी, बिना कुनै सम्झौता बनाएको लक्ष्मणपुर् बाँध जुन बाँध नेपालि भुमि भन्दा ४ किमि टाढा रहेको छ र बर्षेनी बाँके जिल्लाले डरलाग्दो बाढीको सामना गर्नु परेको छ ।
कपिलवस्तुमा भारतले ८ वटा कृत्रिम तालहरु बनाएको छ र ति मध्ये महालिसागर बाँध १.९१ बर्ग किमि भुमिमा फैलिएको छ जस मध्ये १.८ बर्ग किमि भुमि नेपालको हो । त्यति मात्र नभई हरेक मनसुनमा ३ देखि ४ बर्ग किमिले बाढीको सामना गर्नु पर्दछ ।
रुपन्देही मर्छवार गाउमा रसाइल, खुर्दा, लौटान ब्यारेजे भारतले निर्माण गरेको छ । जस ब्यारेजका कारण २० किमि नेपालि भूभाग प्रभाभित भएको पाइन्छ र ठुलो बाढीको सामना गर्ने गर्दछ ।
नवलपरासिको सुस्ता लुम्बिनी प्रदेश र गण्डकी प्रदेश दुवै प्रदेशको सम्पति मानिने नवलपरासि १८१६ को सन्धि अनुसार यो भूभागको सिमाना गण्डकी नदीले निर्धारण गर्दछ । तर गण्डकी नदीले समय समयमा आफ्नो दिशा परिवर्तन गर्ने गर्दछ । फलस्वरूप १५० किमि भुमि अहिले विवादित रहेको छ १९८१ मा NEPAL-INDIA JOINT TECHNICAL COMMITTEE ले पनि यहा विवाद सुल्झाउन सकेको थिएन ।
कोशी प्रदेशको साहेवगंज सुनसरीमा ०.२ बर्ग किमि भुमि भारतले अतिक्रमण गरेको छ । यो सीमामा पिल्लरहरु नै हराएका छन । मतलब गायब गरिएका छन भने कप्तानगंजको १० गजा क्षेत्रमा भारतले सडक नै विस्तार गरेको छ । उक्त सडक भारतीय प्रशासनको निगरानीमा चल्ने गरेको छ ।
मोरङको वारदंगामा लुना नदीको नेपालतर्फको १ किमि भुमि भारतले आफ्नो भनि हक जताएको छ । तर यस भूमिको लागि नेपाल सरकारले भारतलाई त्यो भुमि आफ्नो हो भन्ने कुनै आधार नरहेको जवाफ फर्काएको थियो ।
बिराटनगरको रानी जोगबनी औद्योगिक क्षेत्रमा भारतले कुनै सहमति, सम्झौता बिना मन्दिर निर्माण गर्यो र त्यस भूभागमा भारतीय नागरिकहरुले वस्ति नै विस्तार गरि बसोबास गर्दै आएका छन ।
झापा जिल्लाको भद्रपुर, महेशपुर, काकडभित्तामा भारतले जबरजस्ती अतिक्रमण गरेको छ । त्यति मात्र नभई भारतीय वस्ति नै विस्तार गरेको पाइन्छ । त्यो वस्ति लगभग १.७८ वर्ग किमिमा फैलिएको छ ।
इलाम जिल्लाको सुन्दकपुर डाडा (ठुलो पर्यटकीय मान्यता रहेको) भारतले आफ्नो दाबि गरेको छ । त्यस पर्यटकीय महत्व रहेको क्षेत्रमा भारतले सडक विस्तार गरेको छ । उक्त सडकको लम्बाई ३२ किमि छ ।
पाचथर चिवाभन्ज्याङ क्षेत्रमा ४० वर्ग किमि भन्दा बढी भूभाग भारतले अतिक्रमण गरेको छ । यस विवादको विषयमा नेपालको तर्फबाट कुनै जवाफ आएको छैन ।
ताप्लेजुंगको टिम्बापोखरी, मेगना टुम्ब्लिंग र काबेली क्षेत्र भारतले सजिलै अतिक्रमण गरेको छ । २० वर्ग किमि भन्दा बढी नेपालि भूभाग भारतले अतिक्रमण गर्नको पछाडी नेपाल आफै जिम्मेवार मान्न सकिन्छ । किनकि यहाँ कुनै सिमाना छुट्टयाउने पिल्लर नै राखिएका छैनन थिएनन ।
चितवनमा भारतले ०.०४ बर्ग किमि भुमि खोसेर लागेको छ भने चितवन रास्ट्रिय निकुन्ज भित्र १.७ वर्ग कि.मि भन्दा बढी भूभाग मिचेर भारतले आफ्नो वस्ति विस्तार गरेको छ ।
यस्तै मधेश प्रदेशमा पनि समग्रमा विभिन्न जिल्लाहरुमा जस्तै पर्साको ठोरी, रौतहटको गौर, सर्लाहीको त्रिभुवन नगर, सिराहाको ठाडी, सप्तरीको रामनगर आदि ठाउहरुमा ४६४ किमि भन्दा बढी भूभाग अतिक्रमण गरेको छ ।
अब के गर्ने त ?
यो समस्याहरुलाई समाधान गर्ने माध्यम भनेका वार्तालाप र कुटनैतिक पहल हुन्हा । हाम्रो दावी भारतसंग मात्र रहेकाले कुटनैतिक तवरबाट अगाडी बढ्नु नै उत्तम बाटो रहन्छ । यानकी यो विवाद समाधानको जिम्मा सचिव स्तरको कर्मचारीको हातमा नछोडी उच्च राजनैतिक तहबाट समाधान गर्नु पर्छ ।
Source: https://docs.google.com/document/d/1KVq28e6w_sjXQAmDpVM0BUOudkNXwMC4hp-ACmMCODI/edit?usp=sharing













