डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र रहेका सरकारी सार्वजनिक जग्गा अतिक्रमण नगर्न चेतावनी दिएको छन ।
अतिक्रमण भइसकेको अवस्थामा तत्काल खाली गरी संरक्षणमा सहयोग गर्न सबै सरोकारवालालाई उनको आग्रह छ।
प्रमुख जिल्ला अधिकारी कोराईलाले अटेर गरी अतिक्रमण गर्ने वा अतिक्रमित जग्गा खाली नगर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छन । उनले कतै अतिक्रमण भएको जानकारी भए प्रशासनमा खबर गर्न समेत अनुरोध गरेका छन ।
यद्यपि, विगतमा पनि यस्ता सूचना पटक–पटक जारी भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै यसपटक भने कडाइका साथ कार्यान्वयन हुनेमा स्थानीयले चासोका साथ हेरेका छन्।













