सुनको मूल्यमा अर्काे नयाँ कीर्तिमान

Image

काठमाडौँ, । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्य हाल सम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रु. पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु. एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार नौ सय १५ निर्धारण भएको छ । रासस