डडेल्धुरा । बर्खे आलु खेतीकालागि बिउ आलुको मूल्य प्रतिकेजी ७४ रुपियाँ निर्धारण गरिएको छ । जिल्लमै उत्पादित आलु जिल्ला सदरमुकामको उग्रतारा शित भण्डारमा भण्डारण गरिएको थियो । बिउका लागि भण्डारण गरिएको आलुको मूल्य निर्धारण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन परियोजना कार्यान्वयन इकाई डडेल्धुराले आलु व्यवसायी र सरोकारवालाहरुको बैठक बोलाई बिउ आलुको मूल्य निर्धारण गरेको हो ।
इकाई प्रमुख भिष्म रेग्मीका अनुसार यस वर्ष आलु उत्पादनमा कमि आएपछि जिल्लामा बिउ आलुको अभाव चुलिएको छ । असोज महिनामा लगाईने आलुलाई बर्खे आलु भनिने गरेको छ । बर्खे सिजनमा जिल्ला भरिमा करिब दुई हजार कुन्टल बिउ आलुआवश्यक पर्छ । तर उग्रतारा शित भण्डार र भागेश्वरको बगरकोटमा भण्डार गरिएको आलु करिब १२ सय कुन्टल मात्रै छ । उनका अनुसार करिब आठ सय कुन्टर बिउ आलुको अभाव देखिने भएको छ ।
गत पुस, माघ महिनामा बिउका लागि आलु शित भण्डारमा भण्डार गरिएको थियो । आलुको उत्पादनमा कमि आएपछि बिउ आलुको अभाव सिर्जना भएको व्यपारीहरुले जानकारी गराए । साउद एग्रोभेटका संचालक करन साउदका अनुसार बिउका लागि पर्याप्त आलु खरिद नै गर्न पाईएन । किसानका खेतबाट ५० रुपियाँ प्रतिकेजी सम्म आलु खरिद गरि शित भण्डारमा भण्डार गरिएको थियो ।
लुम्बिनि प्रदेशको बाँके जिल्लामा बिउ आलुको मूल्य प्रतिकेजी ६५ रुपियाँ तोकिएको छ । यहाँ बिउ आलुको अभाव भएपछि बाँके लगायतका बाहिरि जिल्लाहरु बाट आयात गर्नुपर्ने देखिएको छ । उक्त मूल्यमा ढुवानी भाडा, खराव हुने, भरान÷उतार र व्यपारीको मूनाफासहित बिउ आलुको मूल्य निर्धारण गरिएको इकाई प्रमुख रेग्मीले जानकारी दिए ।
उनका अनुसार आलुको मूल बिउ पिभीएस प्रमथम पुस्ता प्रतिकेजी ९६, द्धितिय पुस्ता ९० र तृतिय पुस्ताको मूल्य ८४ रुपियाँ तोकिएको छ । यो मूलय भने नेपाल सरकारले गत वर्ष असार महिनामा तोकेको मूूल्यमा २० थप गरेर तोकिएको हो । बिउ आलुको अभाव सिर्जना भएपछि यस वष अढाई सय रोपनीमा बिउ उत्पादनका लागि मात्रै आलु खेती गर्ने योजना अघि सारेको उनले बताए ।
अढाई सय कुन्टल आलु बिउका लागि खेती गर्ने योजना अनुसार प्रतिकेजी आलुको उत्पादन ८ केजी मात्रै उत्पादन भए दुई हजार कुन्टल आलु उत्पादन गर्न सकिने छ । बिउ आलु व्यवसायीहरु संगको समन्वयमा मूल्य निर्धारण गरिएकाले यहाँका शित भण्डारमा भण्डार गरिएको आलु बाहिर निर्यात नगर्न आग्रह गरिएको छ ।
बिउ आलुका लागि ग्रेडिंग गरेको आलु मात्रै किसानलाई उपलब्ध गराने भनि निर्णय नै गरिएको छ ।
उहाँका अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा बिउ आलु उपलब्ध गराईने छ ।














