भगवान ईन्द्रलाई बाँधेर मनाईने ईन्द्रजात्रा 

स्वर्गलोकका देवता ईन्द्रकी आमा बसुन्धरा व्रत बस्न फूल चाहिन्छ । यसैक्रममा आमाका लागि फूल खोज्दै ईन्द्र भगवान पृथ्वीलोकको काठमाडौँ उपत्यका आईपुग्छन । पारिजात फूलको बगैचाबाट ईन्द्र भगवानले कसैलाई नसोधी फूल टिप्छन ।
मालीले फूल चारेको भनेर ईन्द्रलाई समातेर चौखटमा बाँधेर राख्छन । ईन्द्रकी आमा छोरा खोज्दै यहाँ आईपुग्छिन र यहाँका स्थानीयलाई बादल दिने बाचा गर्दै ईन्द्रलाई स्वर्ग लोक लैजान्छिन । यहि किम्बदन्ति अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा प्रत्येक वर्ष हर्षोल्लासका साथ ईन्द्रजात्रा मनाईदै आएको छ ।