राज्यमन्त्री खड्कालाई गृह जिल्ला डडेल्धुरामा स्वागतसहित अभिनन्दन

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का गृह जिल्ला डडेल्धुरा पुगेकी छिन् । राज्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेकी खड्कालाई मंगलबार स्वागतसहित अभिनन्दन गरिएको छ ।

नेपाली कांग्रेसका नेताकार्यकर्ताले जिल्ला सदरमुकाम स्थित बसपार्कमै पुगेर राज्यमन्त्रीको स्वागत गरेका थिए । नेताकार्यकर्ताले राज्यमन्त्री खड्कालाई फुलमाला, खादा लगाएर स्वागत गरेका थिए ।

यस्तै जिल्ला सदरमुकाममा स्वागत कार्यक्रम पनि राखिएको थियो । महिल संघ डडेल्धुराले पार्टी कार्यालयमा स्वागत कार्यक्रम राखेको हो ।