डडेल्धुरा । भित्रिमधेशको आलितालमा मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।
वडा दशै, दिपावली तथा छठ पर्व २०८१ को अवसरमा आलिताल गाउँपालिका स्तरिय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो ।
श्री सरस्वती माद्यमिक विद्यालय भित्रिसैनको आयोजनामा यहि असोज १७ गते देखि प्रतियोगिता संचालन हुने छ । प्रतियोगितमा आलिताल गाउँपालिका भित्रका विद्यालयहरुको शिक्षक समुहले भाग लिन पाउने आयोजक विद्यालयका प्रध्यानाध्यापक भान बहादुर सुनारले जानकारी दिए ।
एक सूचना जारी गर्दै आयोजकले सोहि दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिने छ ।
विभिन्न विद्यालयका शिक्षकहरु बिच समन्वय तथा सद्भाव कायम राख्न मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको सुनारले बताए ।












