एक लाख पुरस्कार राशिको अमरगढी टि–२० क्रिकेट प्रतियोगिता हुने (भिडियो)

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढीमा ‘अमरगढी टि–२० क्रिकेट प्रतियोगिता’ आयोजना गरिने भएको छ । सम्मान–समानता आर्थिक समृद्वि डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा प्रतियोगिताको आयोजना गरिने भएको हो ।

यहि असोज १८ गतेदेखि प्रतियोगिता संचालन गरिने आयोजकले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगिताका विजेतालाई एक लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सम्मान–समानता आर्थिक समृद्वि डडेल्धुराका निर्देशक विक्रम जैरुले जानकारी दिए ।

निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरुलाई पनि ट्रफि र मेडल दिइने जैरुले बताए । प्रत्येक टीममा दुई जना खेलागी यु-१९ खेलाडी अनिवार्य हुने पर्ने छ ।

टिम दर्ता असोज १६ गतेसम्म हुने र दर्ता शुल्क १२ हजार लाग्ने आयोजक सम्मान–समानता आर्थिक समृद्विका संयोजक राजन जैरुले जानकारी दिए । जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्‍याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगिता आईसीसीको नियम अनुसार संचालन गरिने छन ।