डडेल्धुरामा जिल्ला स्तरिय महिला भलिबल प्रतियोगिता हुने

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुरामा महिला भलिबल प्रतियोगिताको आयोजना गरिदै छ । नेपाल भलिबल संघ जिल्ला कार्य समितिको आयोजनामा जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा यहाँका सात वटा पालिकाका टीमहरु बिच प्रतिशपर्धा हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक भलिबल संघ डडेल्धुराका कार्यवहाक अध्यक्ष धर्मराज पन्तले जानकारी दिए ।

यही असोज २०–२१ गते हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार १११ राखिएको छ । यस्तै द्धितिय पुरस्कार २५ हजार १११ र तृतिय पुरस्कार १५ हजार १११ सहित ट्रफि, प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । साथै बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट ब्लकर र बेष्ट सेटरहरु लाई समेत पुरस्कारले सम्मान गरिने छ ।

यस प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद तथा महिला भलिबल प्रतियोगिताका लागि छनौट समेत गरिने उनले बताए । टीममा नौ जना अनिवार्य हुने पर्ने गरि दर्ता शुल्क पाँच हजार रुपियाँ तोकिएको उनले बताए ।

पत्रकार सम्मेलन मार्फत भलिबल संघले यहाँका दुई वटा नगरपालिकार र पाँच वटा गाउँपालिका गरि सात वर्ट पालिकाहरु लाई अनिवार्य टीम पठाईदिन अनुरोध समेत गरेको छ ।