अत्तरिया-डडेल्धुरा भिमदत्त राजमार्ग बिग्रदा यात्रुलाई सास्ति (भिडियो)

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गमा परेका खाल्टा, खुल्टीले दैनिक सैयौं गाडीका हजारौ यात्रुहरुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । यस राजमार्ग अन्तरगत डडेल्धुरा जिल्लामा पर्ने सडक खण्डमा खाल्टा, खुल्टि परेर, सडक भत्किएर निकै बिग्रएकाले यात्रुहरुको यात्रा झनै कष्टकर हुने गरेको छ ।

सडक मर्मत नहुदा यात्रुको कष्टकर यात्रासंगै गाडीमा समस्या निम्तिने गरेको गाडी धनी र चालकको व्यापक गुनासो छ । यो सडक खण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रकमका फरक फरक गरि छ वटा ठेक्का सम्झौता गरिएका छन । तर हाल सम्म कामको सुरुवात नै गरिएको छैन ।

नेपालीहरुको महान चाडपर्व दसैँ तिहार मुखैमा आउदा सम्म यात्रुहरुले भत्केबिग्रेको, फुटेको सडकमा असहज यात्रा गर्नु पर्ने बाध्यता छ । ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिए ।