ट्रक दुर्घटना हुदा जनाको मृत्यु

Image

नारायणगढ । नारायणगढमुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलामा आइतबार राती ट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नं. को ट्रक आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा मकवानपुर मकवानपुरगढी गाउँ पालिका ६ का ३१ वर्षीय दीपक दाहाल र मकवानपुर मकवानपुरगढी गाउँ पालिका ६ बस्ने वर्ष ३८ का श्याम बजगाईँ रहेका आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा सवार दुई जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ुलगिएको छ । मकवानपुर मकवानपुरगढी गाउँपालिका ६ बस्ने वर्ष २७ का सुसन बिक र ट्रकका सहचालक रामेछाप घर बताउने वर्ष २१ का मान बहादुर बिक घाइते छन् । मानबहादुरको दाहिने खुट्टा फ्याक्चार भएको र टाउकोमा चोट लागेकाले एलाईभ अस्पताल भरतपुरमा उपचार भइ रहेको छ ।

यस्तै मकवानपुर हेटौडा उप महानगर पालिका १८ बस्ने वर्ष ६० का दल बहादुर कोइरालाको शरीरको विभिन्न भागमा चोट लागेकाले छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुर मकवानपुरगढी गाउँ पालिका ६ बस्ने वर्ष २८ को दिनेश पुडासैनी अहिले प्रहरी हिरासतमा छन् ।