डडेल्धुरा । चालु आर्थिक २०८१/८२ मा डडेल्धुराका १८ वटा सामुदायिक विद्यालयहरुमा ल्याब निर्माण गरिने भएका छन । ९० लाख रकम खर्च गरि उक्त खंख्यामा ल्याब निर्माण गरिने भएका हुन । आवश्यकताका आधारमा प्राबिधिकधार पढाई हुने विद्यालयहरुमा कम्प्युटर, आईसिटी र कृषि ल्याब निर्माण गरिने भएका हुन ।
बढ्दो प्रबिधिको उच्चतम प्रयोगसंगै सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब निर्माण गरिन लागेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्य मन्त्री सरस्वती खड्काले बताईन । विद्यालयबाट भई आएको मागको आधारमा ल्याबहरु निर्माण गरिन लागेको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख राधाकृष्ण जोशी बताए ।
उनका अनुसार एउटा विद्यालयमा ल्याब निर्माण गर्न पाँच लाखका दरले रकम उपलब्ध छ । दुर्गम गाउँका विद्यालयमै कम्प्युटर सिकाई सहजताका लागि कम्प्युटर ल्याब निर्माण गरिन थालेका हुन । अभ्यासका आधारमा सिकाईको गुणस्तर बढाउन प्राबिधिकधार पढाई हुने विद्यालयहरुमा कृषि, आईसिटी ल्याब निर्माण गरिने उनले बताए ।
ल्याब निर्माण गरिने विद्यालयहरुमा भागेश्वर गाउँपालिका २ रुपालको असिग्राम मावि, वडा नं. ३ बोगटाको सरस्वती मावि, परशुराम नगरपालिका ७ मलासको शिद्धनाथ मावि, सादनीको शिवशंकर मावि, वडा नं. १२ जयपुरको शिद्धनाथ मावि , त्रिवेणी बहुमूखी क्याम्पस, वडा नं. ९ गाईबाधेको ज्ञानज्योती मावि रहेका छन ।
यस्तै नवदुर्गा गाउँपालिका ४ को गौडेश्वर मावि, चिल्फिको नवदुर्गा मावि, सुनकेश्वरी गिल्लेश्वरी आवि, वडा नं. २ को पासा आवि, अमरगढी नगरपालिका १ मालमको लट्टेश्वर आवि, वडा नं. ४ सुनेडाको अशिग्राम मावि, आलिताल गाउँपालिका १ हर्तोलाको भुवनेश्वरी मावि, वडा नं. ४ को कृष्ण कालिका मावि, वडा नं. ५ को सरस्वती मावि, अजयमेरु गाउँपालिका ४ को भुवनेश्वरी मावि र वडा नं. ५ को केदार शिसु सुधारक मावि रहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए ।
उनका अनुसार भागेश्वर गाउँपालिका ३ बोगटाको सरस्वती माविमा कृषि ल्याब निर्माण गरिने छ । परशुराम नगरपालिकाको शिद्धनाथ माविमा, त्रिवेणी बहुमूखी क्याम्पस, ज्ञानज्योती मावि, अजयमेरुको केदार शिसु सुधारकमा आईसिटी ल्याब स्थापना गरिने छन । बाँकी १५ वटा सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गरिने उनले जानकारी दिए ।












