डडेल्धुरामा दिउँसै चितुवा देखिए पछि वन कार्यालयले लियो नियन्त्रणमा

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका १ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएको छ । मंगलबार अपरान्ह २ बजेको समयमा यस स्थानमा चितुवा देखिएको थियो । स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले चितुवालाई नियन्त्रणमा लिएको छ ।

वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार चितुवालाई बेलुका करिब ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको छ । चितुवाको अवस्था केही असामान्य देखिएको उनले बताए । चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशंका गरिएको छ ।