धनगढीमा तस्करीको सामान बेच्दै प्रहरी, हवल्दार कारबाहीमा

Image

कैलाली । धनगढीमा प्रहरीले नै तस्करीको सामान बिक्री गर्ने गरेको खुलेको छ । धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवलदारलाई कारबाही गरिएको छ।

त्रिनगर प्रहरी चौकी धनगढीका प्रहरी सहायक हवल्दार विक्रम चन्दलाई तस्करीको सामान बिक्री गरेको आरोप लागेको थियो । उनले नौं महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप थियो ।

उक्त आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको छ ।

चन्दलाई कारबाही गर्दै अछाम फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अछाममा दरबन्दी रहेका चन्द कैलालीको त्रिनगर प्रहरी चौकीमा कार्यरत थिए ।

चन्दले तस्करीको सुर्ती लगायतका सामान बिक्री गर्दै आएको भेटिएको हो ।