प्रहरीको तथ्यांकमा सामाजिक अपराधजन्य घटना बढे

Image

काठमाडौं । पछिल्लो समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए ।

उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्ती करणीका दैनिक सात वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको बताए ।

उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको जानकारी दिए । त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दाहरु दर्ता भएका थिए ।

जबरजस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधीमा बढेर १८६ वटा पुगेको छ । सङ्गठिक अपराधमा गत वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार ३६९ रहेकोमा अहिले बढेर एक हजार ६१९ पुगेको छ ।

माजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।