एक जनाको माछा मार्ने क्रममा ज्यान गयो, एक जना कुलोमा मृत भेटिए

Image

डडेल्धुरा । यहाँका दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रमममा एक जना युवकको डुबेर ज्यान गएको छ ।

नवदुर्गा गाउँपालिका ४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आईतबार सेती नदीमा माछा मार्न पासो थाप्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको प्रहरी जनाएको छ । पानीमा डुबेका बिष्टको स्थानीयले उद्दार गरि डडेल्धुरा अस्पताल पुगाएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

यस्तै जिल्लाको भागेश्वर गाउँपालिका ३ का ४३ वर्षीय अर्जुन रावलको कुलोमा शव भेटिएको छ । प्रहरीका अनुसार उनको शव सुर्नाया गाडको कुलोमा भेटिएको हो ।

उनको शव कुलोमा भेटिएकाले शंकासपद छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरी जानकारी दिएको छ ।