डडेल्धुरा । कैलाली । लुहार जातीमा जन्मिएका कञ्चनपुरका नरीराम लुहार ‘बिनोद’ले पिएचडी गरे पछी तीन वर्षमा २२ वटा किताब लेख्दै वल्र्ड रेकर्ड्स बनाएका छन । पछिल्ला तीन वर्षको अबधीमा उनले विभिन्न ज्ञानबद्र्धक, रोचक, आशिषमय र महत्वपूर्ण आध्यात्मिक पुस्तकहरु लेखेर विश्वकै साहित्य बिधामा नयाँ कृति राखेका हुन ।
उनलाई सोमबार गृह प्रदेश कैलालीको धनगढी विमानस्थलमा स्थानीय बाजागाँजाकासाथ फूलमाला, खादाले भव्य स्वागत गरिएको छ । काठमाडौंबाट गृह जिल्ला कञ्चनपुर फर्किएका डा. नरीराम लुहारलाई उनका आफन्त र प्रसंशकहरुले धनगढी विमानस्थलमा स्वागत गरेका हुन ।
डा.नरीराम लुहार ‘बिनोद’लाई हाई रेन्ज बुक अफ वल्र्ड रेकर्ड्सबाट परोपकारी कार्य गरे वाफत स्वर्ण पदकबाट सम्मानितसमेत गरिएको छ । १२ घण्टा २२ मिनेटसम्म लगातार रुपमा बाइबलको शिक्षा दिएको कारण उनलाई हाई रेन्ज बुक अफ वल्र्ड रेकर्ड्समा नाम दर्ता गराई स्वर्ण पदकद्धारा सम्मानित गरिएको उनले बताए ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ९ ब्रह्मदेव गाउँको लुहार परिवारमा जन्मिएका डा. लुहारले २०५९ सलामा भारतको ईण्डियन ईन्स्टीच्युट अफ मेसोलोजीबाट बि.टिएच, २०६७ मा भारतकै लिभिंग वल्र्ड बाइबल ईन्स्टीच्युटबाट एम.टिएचका साथै २०७२ मा अमेरिकाको युनाईटेड नेशन्स युनिभर्सिटीबाट फर ग्लोबल पिस क्रिस्चियन लिडरसिपमा पिएच.डी गरेका थिए ।
उनलाई हालसम्म विश्वव्यापी समाजमा सामुदायिक र मानवीय क्षेत्रमा सेवा पुर्याएको कारण युनिभर्सिटी अफ डिशाईपलसिप ईन्स्टिच्युट फर अपोष्टलिक मिनिष्ट्रिजले ग्लोबल पिस अवार्ड, युनिभर्सल सुपर स्टारको पदवी तथा एमबीएलए ट्रष्टद्धारा संचालित विश्वव्यापी प्रशिक्षक सम्मेलनमा राष्ट्रिय शिक्षा रत्न अवार्ड र ग्लोबल बेष्ट फर गोल्डेन पीकक अवार्डको पदवीले सम्मान गरिएको छ । साथै लण्डन बुक अफ वल्र्ड रेकर्डले स्वर्ण पदक र प्रमाण–पत्रले सम्मान गरेको उनले बताए ।
२०२४ मा मात्रै उनलाई आजीवन उपलब्धी पुरस्कार, विश्वव्यापी उत्कृष्ट पुरस्कार, अन्तराष्ट्रिय उपलब्धी पुरस्कार, ईसाई अपोलोजिष्ट पुरस्कार, सर्वोत्कृष्ट लेखक पुरस्कार, उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार र अन्तराष्ट्रिय मानव अधिकार पुरस्कारले सम्मानित गरिएको थियो । उनी एसिया नं. १ नोबेल लिडरसिप अवार्ड फर थियोलोजिकल स्टडिजको विजेता बनेका छन ।
उनी ब्रह्मदेवमा रहेको ख्रीष्ट महिमा मण्डली र निट स्टडिज बाइबल कलेजका संथापक हुन । हाल निर्देशकको रुपमा रहि मानवीय, सामाजिक र आध्यात्मक सेवा कार्यमा तल्लिन रहेका छन ।












