डडेल्धुरा । परशुराम नगरपालिकाले जेष्ठ नागरिकको निःशुुल्क उपचार गर्ने योजना ल्याएको छ । विगतमा स्वास्थ्य विमा मार्फत हुने उपचारले आर्थिक रुपमा केह सहज बनाएपनि उक्त प्रक्रियामा जाँदा जेष्ठ नागरिकलाइ झण्जटिलो हुने गरेको थियो ।
परशुराम नगरपालिकाको मुकाम वडा नं. १२ को लालढुंगा बजारमा रहेको जोगबुडा अस्पतालबाट अब जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क दिइने परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले बताएका छन । परशुराम नगरपालिका ३ शिर्षमा नगरपालिकाले आयोजना गरेको मेयर केयर स्वास्थ्य विशेषज्ञ सिविर कार्यक्रममा नगर प्रमुख जोशीले जेष्ठ नागरिकको उपचार निःशुल्क गर्ने गरि योजना अघि बढाएको बताए ।
मेयर केयर योजना अनुसार परशुराम नगरपालिकाले प्रत्येक वडा कार्यालयमा एमबिबिएस चिकित्सकको उपस्थितीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ । नागरिकहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी नगर सरकारको हो । नगर प्रमुख जोशीले भने, सोहि अनरुप हरेक महिनाको पहिलो सोमबार जोगबुडा अस्पतालबाट विशेषज्ञ डा. सहितको टोली शिर्षमा आउने र नागरिकको स्वास्थ्य परिक्षण गरिदै आएको छ ।
सोमबार वडा नं. ३ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा यहाँका १०० भन्दा बढी स्थानीयहरुले वडामै स्वास्थ्य उपचार पाएको आधारभुत स्वास्थ्य सेवा केन्द्र शिर्षका प्रमुख युवराज डागिले जानकारी दिए ।
यससंगै परशुराम नगरपालिकाले प्रत्येक विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षणसमेत गर्दै आईरहेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा विद्यार्थी स्वास्थ्य प्रोफाइल राखेको छ । सोहि कार्यक्रम अनरुप यहाँका सबै विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरि अध्यावधिक गर्न लागिपरेको परशुराम नगरपालिकाका स्वास्थ्य साखा प्रमुख हिक्मत धामीले बताए ।
सोमबार नै वडा नं. ३ का योजना वडामै सम्झौता गरिएका छन । परशुराम नगरपालिकाले वडा कार्यालयमा एकिकृत शिविरको आयोजना गर्दै वडा कार्यालयमै योजनाको सम्झौता र बैंक खाता खोल्दै आईरहेको छ ।
चालु अर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पन्न गरिने योजनाहरुको वडामै सम्झौता र भुक्तानी गर्ने नीति अनुरुप कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताईन ।
उनका अनुसार यस अघि वडा नं.१०,११,८,९,१,२ र ६ मा एकिकृत शिविरको आयोजना गरि योजनाका सम्झौता र बैंक खाता खोलिएका थिए । यस वर्ष देखि भुक्तानी समेत वडाबाटै गरिने छ भने सामाजिक सुरक्षा भत्तासमेत वडा कार्यालयबाटै वितरणका लागि तयारी गरिएको छ ।
विकट भुगोल, दुर्गम वस्ती र ग्रामिण कच्चि सडकको असुरक्षालाई महसुस गरि वडा कार्यालयमै शिविरको आयोजना गरि योजनाको सम्झौता, भुक्तानी, स्वास्थ्य चेकजाँच, उपचार गर्ने कामको सुरुवात गरिएको हो । अब भुक्तानी र सामाजिक सुरक्षा भत्तासमेत वडामै गर्ने तयारी गरेको उनले बताईन ।












