भिमदत्त राजमार्गको घण्टेश्वरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Image

डडेल्धुरा । महाभारत पर्वत श्रृंखलाको सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका १ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

मृत्यु हुने चालक कैलालीको घोडाघोडी नगरपालिका १० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरी भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टरको टायरमुनी च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ट्याक्टर साहुखर्कबाट गैरा तर्फ जाँदै गर्दा मंगलबार बिहा दुर्घटना भएको थियो ।