डडेल्धुरा । जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले औपचारिक रुपमा बुधबारदेखि नगर प्रहरी बल खटाएको छ ।
बुधबार नगर प्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितीमा नगर प्रहरी बलको स्थापना गरिएको हो ।
नगरप्रमुख जोशीका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरीहरु लाई प्रशिक्षणसमेत दिईएको । प्रशिक्षणपछि दज्र्यानी चिह्न प्रदान गरिएको उनले बताए ।
नगरपालिकाले नगर प्रहरीका विभिन्न पदहरुमा यहि मंसिर २५ गते अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा नगर प्रहरी नायब निरीक्षक एकजना, नगर प्रहरी हवल्दार एकजना र नगर प्रहरी ५ गरि कूल ७ जना उत्तीर्ण भएका थिए ।












