देउवा बने डडेल्धुरा जेसीज वर्ष २०२५ को अध्यक्ष

Image

डडेल्धुरा । डडेल्धुरा जेसीजको नयाँ अध्यक्षमा मोहन देउवा चयन भएका छन् । वर्ष २०२५ का लागि देउवा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

डडेल्धुरा सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई वर्ष २०२५ का अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त भोजराज अवस्थीले बताए ।

यस्तै कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक भट्ट, दिपकराज भट्टराई, वाशु पाण्डेय र शुनिल तामाङ निर्वाचित भएको आयुक्त अवस्थाले बताए ।