भरुवा बन्दुकले गोली हानि श्रीमतीको हत्या गर्ने एक पक्राउ

Image
प्रतिकारात्मक तस्बिर

डडेल्धुरा । भरुवा बन्दुकले श्रीमतीलाई ताकेर गोली हानेपछी एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका ३ मल्लो पथरोडा गाउँका डम्बर थापा मगरले भरुवा बन्दुक पड्काई श्रीमतीको हत्या गरेका छन । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

डोटी घटाल क्षेत्रमा पर्ने मल्लो पथरोडा गाउँका ३२ वर्षीय डम्बर थापा मगरले भरुवा बन्दुकले गोली हानि श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीसंग घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो । डम्बरले मदिरा सेवन गरि श्रीमतीलाई गोली हानेको भनिएको छ ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले गाउँ नजिकैको जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।