डडेल्धुरा । जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएमले सञ्चालन गरेको पत्रकार क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला सदरमुकामको तुफानडाडामा आयोजित चार दिने क्षमता अधिबृद्धि तालिम बिहिवार सम्पन्न भएको हो । गएको सोमबारदेखि सुरु भएको तालिम बिहिवार समापन गरिएको आफ्नो एमएम डडेल्धुराका स्टेशन म्यानेजर सागर ताम्राकारले जानकारी दिए ।
समापन कार्यक्रममा आफ्नो एफएम नेपालका संयोजक विजय मानन्धरले सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीको क्षमता विकास गर्न तालिमको आयोजना गर्न पाउँदा खुशी भएको बताए । उनले पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि सबै प्रशिक्षार्थीहरुलाइ आग्रह गरे ।
१४ जनाको सहभागिता रहेको पत्रकार क्षमता अभिबृद्धि तालिममा पाँच जना प्रशिक्षकहहरुले चार दिनसम्म पत्रकारिताका बिषयमा प्रशिक्षण दिएका थिए ।












