मौसम खुलेपछी टलक्क टल्किएका हिमाल (तस्बिर)

Image

डडेल्धुरा । बिहिबार दिनभरि नै भएको हिउदे वर्षा पछी खुलेको मौसममा डडेल्धुराका अधिकांस स्थानबाट दार्चुला, बझांग र भारतका दर्जनौ हिमालहरु टलक्क टल्किएका छन ।

मौसम खुल्दा बाह्रैमास देखिने हिमाल हिउदे वर्षा नहुदा बधवारसम्म धमिला देखिन्थे । वर्षा पछि लागेको पारिलो घामसंगै डडेल्धुरा जिल्ला सदरमुकामलगायतका अधिकांस स्थानबाट उत्तरी दिशाका हिमाल टलक्क टल्किएको देख्न सकिन्छ ।

डडेल्धुराबाट स्पष्ट रुपमा दार्चुलाको नाम्पा, अपि, बझांग जिल्लाका जेठी बहुरानी, शैपाललगायतका दर्जनौ हिमालका दृष्य देख्न सकिन्छ । उत्तरपश्चिम तर्फ भारतका पञ्चचुली लगायतका हिमालहरुको पनि दृष्यावलोकन गर्न सकिन्छ ।