डडेल्धुरा । शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सरकारले नै शैक्षिक नीति बनाउन नसकेको मावि तहका प्रधानाध्यापकहरुको गुनासो छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारले बनाएका सबै नीति तथा योजनाहरु कार्यान्वयनमा ल्याईए पनि सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार नहुदा राज्यले अबलम्बन गरेको नीति तथा योजना नै सफल हुन नसकेको प्रधानाध्यापकहरुको भनाई छ ।
शनिबार शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराले डोटीको बुडर स्थित रामपुर नमुना माविमा आयोजना गरेको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि मावि तहका प्रधानाध्यापकहरु संगको अन्तरक्रिया कार्यक्रममा प्रअहरुले पढाई प्रति विद्यार्थी र अभिभावकहरुको रुचि नरहेको औल्याए ।
जिल्लाका कक्षा ९–१० पढाई हुने माविका प्रध्यानाध्यापकहरु संग गरिएको अन्तरक्रियामा प्रअहरुले अभिभावक विद्यालयका कुनै पनि कार्यक्रममा उपस्थित नहुनु ठूलो चुनौती भएको उल्लेख गरे । अघिकांस विद्यालयका प्रअहरुले परिक्षाको नजित अभिभावकको हातमा मात्रै दिने योजना बनाए पनि सफल हुन नसकेको बताए ।
सुरुमै हामिले वर्षिक कार्य तालिक बनाएका छौ । भुवनेश्वरी मावि नवदुर्गा गाउँपालिका १ असुर्पाका प्रअ दिपक प्रसाद भट्टले भने, दैनिक तालिकाको अनुसरण, नियमित अतिरिक्त क्रियाकलाप, पुस महिनादेखि कक्षा ९ र १० विद्यार्थीहरु लाई अंग्रेजी, गणित, विज्ञान विषयका अतिरिक्त कक्षा संचालन, विद्यार्थीलाई गृहकार्यका लागि बिहान÷बेलुकी दुई÷दुई घण्टा समय उपलब्ध गराई कार्यतालिकसमेत निर्माण गरि समय व्यवस्थापन, नियमित शिक्षक बैठक, कक्षा ३–८ सम्म सिकाई सहजिकरण कार्यक्रम संचालन, नियमित गृहकार्य दिने र लामो बिदाका बेला गृहकार्यका बिषयमा अभिभावकहरु लाई जानकारी गराउनेलगायतका कार्यक्रमहरु गरिरहेका छौ ।
तर पनि नतिजा अपेक्षा अनुसार आउन नकेको उनँको भनाई छ । अभिभावक विद्यालयमा उपस्थित नहुने समस्या अधिकांस विद्यालयको भएको उनीलगायतका प्रायः सबै विद्यालयका प्रअहरुको गुनासो थियो । विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक नहुदासमेत नतिजा राम्रो आउन नसकेको उनको भनाई छ ।
सामुदायिक विद्यालयहरुमा नियमित प्रार्थना कार्यक्रममा विद्यार्थीहरु लाई निरन्तर आवश्यक निर्देशन, सूचना तथा जानकारी गराईने, शिक्षकहरुको कार्य विभाजन जिम्मेवारी बाँडफाँड जस्तै परीक्षा तथा मूल्यांकल, खेलकुद, अतिरिक्त क्रियाकलाप, समुदाय सम्बन्ध, खाली घण्टी व्यवस्थापन, बाल क्लव, जुनियर रेडक्रस गठन, कक्षागत रुपमा अभिभावक बिच अन्तरक्रिया, विद्यालय व्यवस्थापन समितिको बैठक गरिरहेको उहाँलगायत अरु माविका प्रअहरुले प्रतिवेदन प्रश्तुत गरे ।
तर अभिभावक लाई बोलाउदा ५० प्रतिशत पनि उपस्थित नहुने समस्या रहेको उनले गुनासो गरे । पहिलो परिक्षाको नजिता विश्लेषणका लागि अभिभावक बोलाउदा ४५ प्रतिशत पनि उपस्थित नभएको उनले बताए ।
नवदुर्गा गाउँपालिका २ मणिलेकको मणिलेक बालकल्याण माविका प्रअ मान बहादुर खत्रीले स्थापनाकाल देखी विद्यालयले शिक्षकको अभाव झेलिरहेको बताए । पहिले विद्यालय स्थापना गरिएको ठाँउमा विवाद आए पछि हाल केही पर सारिएको उल्लेख गर्दै उनले विद्यार्थी कक्षा छोडेर बिचमै भाग्ने गरेको कारण विद्यालयको समय सकिदासमेत लाईन लगाएर हाजिर लगाउने गरेको बताए ।
वार्षिक परिक्षाको नजिता प्रकाशन पश्चात चैत महिनामै नयाँ शैक्षिक शत्रका लागि आवश्यक पर्ने चाट, वार्षिक कार्य तालिक, शिक्षक कर्मचारी विवरण, अतिरिक्त क्रियाकलापको खाका, वार्षिक शैक्षिक क्यालेन्डर आदि निर्माण गर्ने गर्ने गरेको उनले बताए । उनका अनुसार विद्यार्थी भर्ना अभियानसंगै पाठ्य पुस्तक समयमै उपलब्ध गराउन रणनीति बनाईने गरेको जानकारी दिए ।
वैशाख १५ गते भित्र दैनिक समय तालिका अनुसार शिक्षकहरुले पढाउने बिषयको वार्षिक शैक्षिक योजना निर्माण गर्न लगाएको र योजना अनुसार पढाई भए नभएको कक्षा अनुगमन गर्ने गरेको उनले बताए ।
विद्यार्थीको ग्रेट सीट उनीहरुका अभिभावक बोलाई दिने योजना बनाईए पनि अभिभावक विद्यालयमा उपस्थित नै नहुने उहाँले पनि गुनासो गरे ।
सामुदायिक विद्यालय तर्फ विद्यार्थीहरु उच्छृंखल नै भएको शिवशंकर मावि परशुराम नगरपालिका ७ साँदनीका मावि संयोजक दमन महताले बताए । यसको नियन्त्रणका लागि लाईनबाटै कक्षा शिक्षकलाई कक्षा कोठामा पठाईने गरेको उनले बताए ।
गृहकार्य नदिएको गुनासो अभिभावहरुले गर्छन । उनले भने, हामिले दिई रहेका हुन्छौ । यसका लागि गृहकार्य डायरीको व्यवस्था गरेका छौ र गृहकार्य डायरीमा अभिभावकले हस्ताक्षर गरेर पठाउने गगरिन्छ ।
शिक्षकले कक्षा छोड्ने अभिभावकको गुनासो आए पछि विद्यार्थी ल बुक भनेर कक्षाकोठामा राखेर विद्यार्थीले शिक्षक आएको समय र गएको समय लेख्ने गरेको उनले बताए । एसईईको नजिता राम्रो नआए पछि यस वर्षको मंसिर महिना देखि कक्षा १० का सबै विद्यार्थीहरु लाई होस्टेलमा राखिएको उनले बताए । होस्टेलमा विद्यार्थीलाई दैनिक विद्यालयमा पढाई हुने सात वटै विषय पढाईने गरेको उनको भनाई छ ।
विद्यार्थीहरु बाट मासिक दुई हजार ५०० शुल्क लिएर होस्टेलमा सात वटै विषयका शिक्षकहरुबाट कक्षा संचालन भईरहेको उनले जानकारी दिए । अतिरिक्त कक्षा संचालनको दुई हजार र होस्टेल क्यान्टि वाफतको खर्च ५०० रुपियाँका दरले शुल्क निर्धारण गरि एसईईको नतिजामा सुधार ल्याउने पहल भएको उनले बताए ।
शिक्षक नियुक्ती देखि सरुवामा हुने राजनीतिकरणले शैक्षिक गुणस्तर माथि उठ्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराका कार्यालय प्रमुख खडकबहादुर महताको भनाई छ । मेरो आफ्नै अथवा विद्यालय व्यवस्थापन समितिको आफ्नो वा राजनीतिक दलका नेताको आफ्नो मान्छे भएका कारण गरिने शिक्षक नियुक्ती र सरुवाका कारण नतिजा राम्रो आउन नसकेको उनको भनाई थियो ।
शिक्षक समुदायका ऐना हुन । उनले भने, प्रअ हजारौ समुदायका मान्छेलाई बाटो देखाउने मार्गदर्शक हुन । यस कारण कोही कसैको पछाडी कुरा काट्नु हुन्न । बरु शिक्षाको गुणस्तर माथि उकास्न के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने बारे गहिरो चिन्तन गरि नयाँ आईडोलोजिक योजना ल्याउनु पर्दछ । प्रअले शिक्षक र समुदायकाका मान्छेहरुलाई उत्प्रेणा गजाउने हो । हरेक स्टेपमा नयाँ मान्छेहरु बाट केही न केही सिक्ने हो । समाज वा विद्यालयहरुमा राम्रा अभ्यास गरेकाहरुबाट आफ्नो विद्यालयमा पनि असल अभ्यासको थालनी गर्नु पर्ने उनले बताए ।
कोरोनाकालमा सबै विद्यार्थीहरु लाई पास गराईदा विद्यार्थीको मनोविज्ञान नपढेर नै पास भईन्छ भन्ने भएको उल्लेख गर्दै उनले सरकारले अबको शिक्षा नीति परिवर्तन गरिसकेकाले पढाई प्रति रुचि बढाउन प्रअ र शिक्षकसंगै अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।












