डडेल्धुरा । पाठ्यघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी) अभियानको शुरुवात डडेल्धुरामा शिद्धनाथ माविबाट गरिएको छ । भित्रिमधेश परशुराम नगरपालिका १२ मा रहेको शिद्धनाथ माविमा मंगलबार बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरि किशोरीहरु लाई खोप लगाउने अभियानको शुरुवात गरिएको हो ।
जनस्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला खोप समन्वय समिति एवं जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्य र परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीको अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरि खोप अभियानको शुरुवात गरिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख हरिप्रसाद भटट्ले जानकारी दिए ।
उनका अनुसार डडेल्धुराका सबै किशोरीहरु लाई दोस्रो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचभिपी) लगाईन लागेको हो । पहिलो पटक गत वर्ष नेपाल सरकार संघीय मातहत रहेका अस्पतालबाट लगाईने भनिएको खोप सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालबाट तीन सय ८१ किशोरीहरु लाई लगाईएको थियो ।
विद्यालय जाने किशोरीका हकमा कक्षा ६–१० मा अध्ययरत सबै र विद्यालय नजानेका हकमा उमेर १०–१४ वर्षकालाई खोप लगाईने उनले बताए । माघ २२ देखि फागुन ६ गतेसम्म देशभर खोप अभियान सञ्चालन भइरहेको छ । डडेल्धुरामा भने माघ ३० गते नै सबै किशोरीहरु लाई खोप लगाई सकिने उनले बताए ।
अधिकृत भट्टका अनुसार डडेल्धुराका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका ६ हजार ९६८ किशोरीलाई यो खोप लगाईदै छ । विद्यालयमा रहेका किशोरीको संख्या ६ हजार ९६२ र विद्यालय बाहिर रहेका किशोरीहरुको संख्या २४ रहेको तथ्यांक छ ।
खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भण्डारीले महिलाको मृत्युको मुख्य कारण पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक रहेको बताए । एक वर्षमा एक हजार ३१३ महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण हुने तथ्यांक स्वास्थ्य मन्त्रालयको परिवार कल्याण शाखाको भएकाले किशोरीहरु लाई खोप लगाउन अभिायन नै थालिएको उनले बताए । दैनिक चार जना महिलाको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएकोल क्यान्सरबाट हुने मृत्यु कम गर्न एचपिभी खोप लगाईन लागेकाले सबै किशोरीहरुले खोप लगाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष रहेका परशुराम नगरपालिकाका नगर प्रमुख बडायर जोशीले रोग लाग्नुु भन्दा लाग्न नै नदिने नेपाल सरकारको अभियान अन्तरगत सबै किशोरीलाई खोप लगाउन लागिएको बताए । क्यान्सर भईहाले पनि उपचार हुन्छ । उनले भन, पाठेघरको किस्क्रनिंग गर्ने, रिंग राख्नेलगायतका उपचार पछि छन । तर उपचार सफल नै हुन्छ भन्ने हुदैन । क्यान्सर लागेपछि स्वास्थ्य र पैसाको नास हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट जोगिने सबैभन्दा उत्तम विकल्प एचपिभी खोप भएकाले सबै किशोरीहरुले ढुक्कका साथ लगाउन हुन म आग्रहरु गर्दछु ।
शिद्धनाथ माविमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १२३ किशोरीहरु छन । सबै किशोरीहरुलाई मंगलबार खोप लगाईएको छ ।












