डडेल्धुरा । पिडालुसंग लागू औषध चरेशसहित एक जेष्ठ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका १, स्याउले बजारबाट बझाङ छविसपाथिभेरा ३ का ७१ वर्षीय चन्द्र देव जैशी बुधबार दिउँसो पक्राउ परेका हुन ।
स्याउले अत्तरिया जोड्ने भिमदत्त राजमार्ग अन्तरगत बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४०९ नम्बरको बसमा सवार गरिरहेका जैशीको साथबाट ७८४ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको छ ।
प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा जैशी बसेको सिटमाथि रहेको सामान राख्ने र्याकमा प्लास्टिकको कट्टाभित्र पिडालुसँग मिसाएर लुकाइएको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । हाल घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको छ ।












