निजामती कर्मचारी युनियन गन्यापधुराको अध्यक्षमा चन्द्र शाहु

Image

डडेल्धुरा । नेपाल निजामती कर्मचारी युनियनको गन्यापधुरा गाउँपालिका अध्यक्षमा चन्द्रसिंह शाहुलाई चयन गरिएको छ । शाहुको अध्यक्षतामा १२ सदस्यीय पालिका स्तरीय कार्य समति पनि गठन गरिएको छ ।

सोमबार गन्यापधुरा गाउँपालिका २ बडालमा आयोजना गरिएको प्रथम अधिवेशनबाट समिति गठन गरिएको हो । नेपाल निजामती कर्मचारी युनियनका क्रियाशिल सदस्य शिवबहादुर महताको अध्यक्षतामा अधिशेसन गरिएको थियो ।

उद्घाटन सत्रका प्रमुख अथिती गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की र बिशिष्ठ अथिती कर्मचारी युनियन डडेल्धुरा जिल्ला कार्य समिति अध्यक्ष रणेन्द्र रहेका थिए ।

जिल्ला अधिवेशनको तयारीमा होमिएको निजामती कर्मचारी युनियनले पालिका स्तरीय पहिलो अधिवेशन गन्यापधुरा गाउँपालिकाबाट सुरुवात गरेको जिल्ला अध्यक्ष सिंहले बताए ।