डडेल्धुरा । जिल्ला सदरमुकामको माउन्टेन माविका विद्यार्थीहरुले रिमोर्ट कन्ट्रोल कार, स्मार्ट (सेन्सर) डस्टबिन, अटोमेटिक वाटर डिस्मेन्सरकासाथै कयौं सामाग्री निर्माण गरि प्रदर्शन गरेका छन । अमरगढी नगरपालिका ५ बगरबाटा माथि रहेको माउण्टेन ईंग्लीश मिडियम बोर्डिग स्कुलले शनिवार विद्यालयमा विविध कार्यक्रम कला, शिप, विज्ञान प्रदर्शनीकासाथै सांस्कृतिक कार्यक्रम एवं खाद्य मेलाको आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेको विज्ञान प्रदर्शनीमा विद्यार्थीद्धारा तयार गरिएका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरिएका थिए । त्यस मध्ये केही सामाग्री यस भिडियोमा समावेश गरिएका छन ।
कार्यक्रमा विधार्थिहरु लाई विभिन्न विद्यामा पुरस्कृत गरिएको थियो भने विद्यालय तथा समाजमा विशिष्ठ योगदान गर्ने व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो ।वि.सं. २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल स्नातक सम्मको अध्यापन हुदै आएको छ ।












