डडेल्धुरा । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनबाट केशव जोशीलाई अध्यक्षमा चयन गरिएको छ । उनको अध्यक्षतामा उपाध्यक्ष कर्ण चन्द, महासचिव तेजराज भटट्लगायत हाल १७ सदस्यीय समिति चयन भएको प्रेस सेन्टर नेपाल डडेल्धुराका अध्यक्ष भिम बहादुर खत्रीले जानकारी दिए ।
डडेल्धुराको आलितामा सोमवारदेखि संचलान भएको तस्रो अधिवेशनबाट महिला उपाध्यक्षममा जानकी धामी, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चौधरी, सचिवमा सुभास कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना र पदम सुनार, कोषाध्यक्षमा दिपक राज अवस्थी चयन गरिएको उनले बताए । उनका अनुसार हाल सात जना सदस्यहरुसमेत चयन गरिएका छन ।
नयाँ नेतृत्व चयनका लागि प्रेस सेन्टर नेपालको सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन डडेल्धुराको आलितालमा सुरु भएको थियो । अधिवेशनबाट प्रदेश अध्यक्षसहित २७ सदस्यीय नयाँ कमिटि गठन हुने कार्यतालिका थियो । हाललाई भने पदाधीकारीसहति १७ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्य नयाँ समतिले चयन गर्ने छ ।
प्रेस सेन्टर नेपालको विधान अनुसार प्रदेशको कमिट २७ सदस्यीय हुने प्रावधान छ । जसमा २२ निर्वाचित र पाँच जना सदस्यहरु लाई मनोनित गरिन्छ । पिछडिएका, महिला, जनजाती, दलितलगायतका वर्गहरुबाट पाँच जना सदस्य मनोनित गर्ने प्रावधान विधानमा रहेको प्रेस सेन्टर नेपाल सुदूरपश्भिचम प्रदेश अध्यक्ष भूवनेश्वरप्रसाद बोहराले जानकारी दिए ।














