डडेल्धुरा । आईन्स्टाईन पब्लिक स्कुलका विद्यार्थीहरुको विद्यालमै स्वास्थ्य चेकजाँच गरिएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ खलंगामा रहेको विद्यालयका विद्यार्थीहरुको आँखा, दाँत र स्वास्थ्य चेकजाँच गरिएको हो ।
विद्यार्थीहरु संगै शिक्षकहरुको पनि स्वास्थ्य परिक्षण गरिएको विद्यालय संचालक योगेश कुमार जोशीले बताए । असल स्वास्थ्य पछिको शिक्षाका उद्देश्यले बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरिएको उनको भनाई छ ।
डडेल्धुरा अस्पताल र गेटा आँखा अस्पतालको डडेल्धुरा सेवा केन्द्रको सहकार्य, समन्वयमा अस्पतालका स्वास्थ्यकर्मीहरु विद्यालयमा आई स्वास्थ्य चेकजाँच गरिएको हो । उनका अनुसार बिहिवार सबै विद्यार्थीहरुको आँखा र शुक्रवार दाँतसंगै स्वास्थ्य चेक जाँच गरिएको छ ।
डडेल्धुुरा अस्पतालका डा. माधब अर्याल, सन्तोष कुमार भट्ट, मिना साउद र गेटा आँखा अस्पताल डडेल्धुराका स्वास्थ्यकर्मी ओमप्रकाश पन्तले विद्यालयका बालबालिकाहरुको दाँत, आँखासंगै स्वास्थ्य चेकजाँच गरेका थिए ।
विद्यालयमा अध्ययनरत ५२५ जना बालबालिका र २८ जना शिक्षकहरु सबैको आँखा, दाँत र स्वास्थ्य चेकजाँच गरिएको उनले जानकारी दिए ।












