शैलेश्वर महादेवमा अतिरुद्र विराट महायज्ञ (भिडियो)

Image
DCIM100MEDIADJI_0978.JPG

डडेल्धुरा । आरध्यदेव भगवान शिवको घरका रुपमा लिईने मानसरोवर कैलाश पर्वत जति नै धार्मिक आस्था रहेको शैलेश्वर महादेव मन्दिरमा अतिरुद्र विराट महायज्ञको आयोजना गरिदै छ । डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को सिमानामा रहेको शैलेश्वर महादेव मन्दिर क्षेत्रमा आउदै चैत महिनाको २० गते देखि ३० गतेसम्म ११ दिनको महायज्ञको आयोजना गरिदै छ ।

शैलेश्वर मन्दिर परिसरमा शनिवार पत्रकार सम्मेलन गर्दै शैलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले करिब ६० लाख रुपियाँ लागतमा महायज्ञको आयोजना गरिन लागेको जानकारी दिएको छ । यसका लागि हाल अमरगढी नगरपालिकाबाट १० लाख रुकम विनियोजन भई यज्ञ मण्डपलगायत भौतिक पूर्वाधारहरु निर्माण गरिएका छन ।

आयोजक एवं महायज्ञका व्यास ज्योतिष पण्डित जयप्रसाद जोशीले देशमा अशान्तीको बादल मडाराई रहेको अवस्थामा र विश्व अशान्त, आक्रान्त बनको अवस्थामा एक मात्र यसको सरल, सहि उपाय धार्मिक कार्य हुनसक्ने भएकाले महायज्ञको आयोजना गरिन लागेको बताए ।

यसबाट मानिसको व्यक्तित्व विकास, मानसिक विकास, चारित्रिक विकास हुनुकासाथै असल नागरिक निर्माण गर्नमा पूर्ण भूमिका निर्वाह हुने उनले बताए । यज्ञको अर्थ नै त्यही हुन्छ । उनले भने, भगवान स्वयः भोलेनाथ रुद्रको जप गर्छन । यस्ता रुद्र यज्ञहरु गर्दा त्यहा भएका मानवको मात्र कल्याण हुदैनकी त्यस क्षेत्रमा भएका एवं सारा विश्वमा भएका जीवजन्तुु र जीवात्माहरुको र अन्य स्थावरजंगम, अण्डम, उद्बीज, जरायुज जति पनि छन त्यसको मोक्ष, मुक्ति हुन्छ भन्ने पुराण र धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

नेपालको सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने भनेको शैलेश्वर धाम हो । उनले भने, यो शैलेश्वर क्षेत्र स्वयः भगवान हिमालय पर्वतले स्थापना गरेका हुन । भगवान शंकरले म एक ज्योतिर्लिंग स्वपमा यस ठाउँमा बस्ने छु र एक स्वरुपमा स्वयः मानसरोवर हिमालय पर्वतमा बस्ने छु भनको थिए । यसो भनेको हुनाले यो साक्षत मानसरोवर दर्शन गर्नु र यस शैलेश्वरको दर्शन गर्नुमा कुनै पनि फरक नभएको उनको भनाई छ ।
यी कुराहरु हिन्दुधर्मका विभिन्न ग्रन्धहरुमा उल्लेख गरेको पाईन्छ । मानसखण्डमा पनि यो वर्णन छ भने अन्य ग्रन्थहरुमा पनि यो वर्णन पाईन्छ ।

देवताहरु पनि यहाँ आएर भगवनन शिवको दर्शन गरेका छन । यो लिंग हिमालय पर्वतले स्थापना गरेर भगवान शिव एक स्वरुपमा यही बसेको हुनाले यहाँ मन्दिर भित्र हेर्दा लिंगात्मक हिसाबले शिव परिवार पुरै पाईन्छ । उनले भने, शिव, पार्वती, गणेश कात्र्तिकेआदी सबैका लिंगहरु छन । यहाँ भित्र पंचलिंगहरु छन ।

सात्विक रुपमा यसको अर्थात अतिरुद्रभिषेक विश्व कल्याण विराट महायज्ञ जसमा हामिले भनेका छौ । उनले भने, महारुद्रको ११ आबृति अर्थात १४ हजार ६४१ आबृति पाठ गराउनुपर्ने हुन्छ । यो पाठ १०० जना ब्राहमणद्धारा ११ दिनसम्म पुगाउन सकिन्छ । तर अहिले ५१ जना ब्राहमणद्धारा यो पाठको संख्या पुरगाउदै ११ दिनसम्म यो महायज्ञ चल्ने छ ।

महायज्ञमा एक हजार शालीग्रामको दर्शन, नौ मुठे गाईको दर्शनसंगै तुला दान गरिने शैलेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति अध्यक्ष एवं वडा नं। ७ का वडा अध्यक्ष खडक बोहराले जानकारी दिए ।