डडेल्धुरा । आराध्यदेव भगवान शिवको घरका रुपमा लिईने मानसरोवर कैलाश पर्वत जति नै धार्मिक आस्था रहेको शैलेश्वर महादेव मन्दिर क्षेत्रमा अतिरुद्र विराट महायज्ञको तयारी भव्य रुपमा गरिदै छ । डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को सिमानामा रहेको शैलेश्वर महादेव मन्दिर क्षेत्रमा यही चैत महिनाको २० गते देखि ३० गतेसम्म ११ दिनको महायज्ञको आयोजना गरिदै छ ।
शैलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले करिब ६० लाख रुपियाँ लागतमा महायज्ञको आयोजना गरिन लागेको जानकारी दिएको छ । यसका लागि हाल अमरगढी नगरपालिकाबाट १० लाख रुकम विनियोजन गरि यज्ञ मण्डपलगायत भौतिक पूर्वाधारहरु निर्माण गरिएका छन । बाँकी रकम भेटी चंदा संकलन गरि तयारी भईरहेको क्षेत्र विकास समिति अध्यक्ष खडक बोहराले जानकारी दिए ।












