डडेल्धुरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राजनीतिक षडयन्त्रको एम्बुसमा परेको बताएका छन । । बैतडी जानेक्रममा बुधबार नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराले आयोजना गरेको भेटघाटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले रानीतिमा षडयन्त्रहरु हुने गरेको अहिले आफु उम्बुसमा परेको बताए ।
भिजिटभिसा अनियमितता प्रकरणमा आफ्नो नाम जोडिनु राजनैतिक षडयन्त्र भएको उनले जिकिर गरे । वर्तमान सरकारलाई फेल गराउन विभिन्न षडयन्त्रहरु भईरहेको र आफु एम्बुसमा परेको उनको भनाई थियो । अहिले सरकार बनाउन कुनै दुई वा दुईभन्दा बढी पार्टी मिलेर बहुमतमा बनाउनु पर्ने छ । एमाले र कांग्रेस मिलेर सरकार बनाएका छौ । उनले भने, यो सरकार ढलाउन विभिन्न षडयन्त्रहरु भईरहेको छन । राजनीतिमा षडयन्त्र हुन्छ । सरकारका कमि कम्जोरी औल्याएर सरकार ढलाउने षडयन्त्र भईरहेको छ ।
अनियमितता प्रकणमा विपक्षी ठूलो दल नेकपा माओवादी केन्द्रसहित न्य दलका नेताहरुको उच्च स्तरीय छानबिनसमिति बनेको र अख्तियार दुरुपयोग अनुसन्धानले अनुसन्धान गरिरहेकाले डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
नेकपा एमालेसंग भएको सहमती अनुसार दुई वर्ष केपी ओलीको नेतृत्वमा सरकार र अबको एक वर्ष पछि काँग्रेस सभापती शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएकाले २०८४ को चुनाव देउवाले गराउने उनले दाबि गरे ।
सरकार संचालन गर्न चुनौतीहरु हुन्छन । उनले भने, एकै पार्टी भित्र पनि बिचारहरु फरक हुने भएकाले सरकारको नेतृत्व गर्न चुनौती हुन्छ । अहिले दुई पार्टी मिलेर सरकार बनाएका छौ । केही समस्या, चुनौतीहरु छन । तर त्यती असहज परिस्थिती भने छैन । बाहिर हल्ला भएजस्तो सरकार ढली हाल्ने समस्या नरहेको उनको भनाई थियो ।












